पूर्व प्रधानन्यायाधीश राणालाई प्रहरी नियन्त्रणमा लिइएकोप्रति ‘न्यायाधीश समाज’ को आपत्ति
काठमाडौं । न्यायाधीश समाज, नेपालले पूर्व प्रधानन्यायाधीशलाई रातारात प्रहरी नियन्त्रणमा लिइने कार्यले अरुलाई समेत आतंकित बनाएको भन्दै आपत्ति जनाएको छ। सोमबार न्यायाधीश समाज, नेपालका अध्यक्ष तिलप्रसाद श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आइतबार पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.लाई प्रहरी नियन्त्रणमा लिइएको विषयमा संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ,‘बिना मनासिब कारण र औचित्य सुरक्षा खतराको नाममा पूर्व प्रधान न्यायाधीशजस्तो सम्मानित व्यक्तिलाई यसरी रातारात प्रहरी नियन्त्रणमा लिइने कार्यले न्याय परिवारका अरुलाई पनि आतङ्कित तुल्याउँछ भन्ने यस समाजको मान्यता रहेको छ । त्यसैले राज्यका तर्फबाट गरिने सुरक्षा व्यवस्थामा यो तथ्यतर्फ पनि ध्यान पुगोस् भनी सम्बन्धित राज्य निकाय र पदाधिकारीज्यूहरुमा यो न्यायाधीश समाज हार्दिक अपिल गर्न चाहन्छ ।’
कसैलाई सुरक्षा खतरा रहेको भए निजकै निवासमा वा रोजेको स्थानमा सुरक्षाका साथ राखिनु पर्नेमा जबरजस्ती प्रहरी कार्यालयमा ल्याउने कार्य न्याय संगत नभएको न्यायाधीश समाज,नेपालको ठहर छ।‘सुरक्षा खतराको जुन कारण देखाएर पूर्व प्रधानन्यायाधीशज्यूलाई प्रहरी नियन्त्रणमा लिने काम गरियो, त्यो स्वाभाविक र विधिसम्मत नभएको यस समाजले महसुस गरेको छ ।
कुनै पूर्वपदाधिकारीलाई सुरक्षा खतरा रहेको भए त्यस्तो खतराबाट सुरक्षा दिनु राज्यको कर्तव्य भित्रकै कुरा भए पनि सुरक्षा खतराको कारण देखाएर जुन ढङ्गबाट नियन्त्रणमा लिने काम गरियो, त्यो तरिका उपयुक्त र प्रचलित कानूनको मान्यता अनुरुप रहेको देखिँदैन ।’ विज्ञप्तिमा भनिएको छ,‘कसैलाई सुरक्षा खतरा रहेको भए निजकै निवासमा थप सुरक्षा बल उपलब्ध गराउने वा निजले रोजेको स्थानमा सुरक्षाका साथ राखिनु पर्नेमा जबरजस्ती प्रहरी कार्यालयमा ल्याउने र त्यो पनि अपराध अनुसन्धान कार्यालयमा ल्याउने कुरा युक्तिसंगत मान्न सकिँदैन ।’
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...












