झमेलामा फस्ने गरी पार्टी एकता हुँदैन : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा अन्य राजनीतिक शक्तिसँग चुनावी तालमेल तथा विषयगत कार्यगत एकता गर्न सकिने बताएका छन्। तर, अनावश्यक जटिलतामा फस्ने गरी पार्टी एकताको विषयमा छलफल गर्नु उपयुक्त नहुने उनको भनाइ छ।
मंगलबार पार्टीका मातहतका कमिटीहरूसँग भएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्य शक्तिसँग आवश्यकताअनुसार चुनावी तालमेल वा विषयगत कार्यगत एकता गर्न सकिने बताए। “अन्य शक्तिहरूसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुनसक्छ,” ओलीले भने, “तर अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन।”
ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई कार्यक्षेत्रमा सक्रिय भएर जिम्मेवारी पूरा गर्न निर्देशनसमेत दिए। राजधानी वा सुविधाभोगी स्थानमा बसेर मात्र कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने उल्लेख गर्दै उनले नेताहरूलाई ‘टुरिस्ट’ जस्तै घुम्ने प्रवृत्ति त्याग्न आग्रह गरे।
उनले आगामी दिनमा नेता तथा कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा नभई काम र क्षमताका आधारमा गरिने बताए। आफूलाई समयअनुकूल परिवर्तन गर्न तथा शालीनता र विनम्रतालाई व्यवहारमा उतार्न पनि उनले आग्रह गरे।
ओलीले देश निर्माणका लागि स्पष्ट खाका र नीति एमालेसँग रहेको दाबी गर्दै नेता–कार्यकर्तालाई आत्मविश्वासका साथ जनतामाझ पुगेर पार्टीप्रति भरोसा निर्माण गर्न निर्देशन दिए। फागुनमा भएको निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंस तथा पार्टीभित्रका आन्तरिक कमजोरीका कारण भएको ओलीको दाबी थियो।
उनले आगामी दिनमा तथ्य, तर्क र प्रमाणका आधारमा विपक्षीहरूले फैलाएको भनिएको भ्रम चिर्न डिजिटल क्याम्पेन सञ्चालन गरिने जानकारीसमेत दिए। प्रविधिमैत्री प्रचारमार्फत पार्टीका धारणा र नीतिलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउने उनको भनाइ थियो।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












