पूर्व प्रधानन्यायाधीश राणा पक्राउप्रति ‘मानव अधिकारकर्मी र नागरिक समाज’ को ध्यानाकर्षण
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई गत असोज १० गते मध्यराति निवासबाट पक्राउ गरी असोज ११ गते दिनभर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखेर सोधपुछ गरिएको घटनाप्रति मानव अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले आपत्ति जनाएका छन्।
मानव अधिकारकर्मी तथा नागरिक समाजका विभिन्न प्रतिनिधिले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा राणालाई कथित रूपमा ‘सुरक्षा थ्रेट’ का आधारमा सुरक्षित स्थानमा लगिएको प्रहरीको दाबीको औचित्य पुष्टि हुन नसकेको उल्लेख गरिएको छ। उनीहरूले पक्राउपूर्जी बिना राणालाई प्रहरी नियन्त्रणमा लिइएको भए उक्त कार्य गैरकानुनी तथा मानव अधिकारका आधारभूत मान्यताविपरीत हुने दाबी गरेका छन्।
विज्ञप्तिमा कुनै पनि बहानामा गैरकानुनी तथा स्वेच्छाचारी गिरफ्तारीका कार्य तत्काल रोक्न र त्यस्ता कार्यमा संलग्न अधिकारीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरिएको छ।
राणाको पक्राउपछि उनको अवस्थाबारे अनुगमन गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य नेतृत्वको टोलीलाई भेट्न नदिइएको घटनाप्रति समेत हस्ताक्षरकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्।
उक्त घटनाले नेपालको संविधानको धारा २४९(३) तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४(क) मा उल्लेखित प्रावधानको उल्लंघन भएको उनीहरूको दाबी छ। साथै, नेपाल प्रहरीको व्यवहार र कार्यशैलीले आयोगलाई आफ्नो संवैधानिक तथा कानुनी दायित्व निर्वाह गर्न अवरोध सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ।
मानव अधिकारकर्मीहरूले स्वेच्छाचारी पक्राउ तथा गिरफ्तारी कुनै पनि अवस्थामा कानुनसम्मत हुन नसक्ने बताएका छन्। उनीहरूका अनुसार यस्ता कार्यले नेपालको संविधान तथा नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, १९६६ का प्रावधानसमेत प्रभावित पार्न सक्छन्।
विज्ञप्तिमार्फत हस्ताक्षरकर्ताहरूले कानुनी शासन, लोकतन्त्र र मानव अधिकारका आधारभूत मान्यताको संरक्षणका लागि संविधान तथा विद्यमान कानुनको पूर्ण पालना हुने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, राष्ट्रिय मानव अधिकार आयोगलाई आफ्नो संवैधानिक तथा कानुनी दायित्व निर्वाध रूपमा पूरा गर्न दिन र अनुगमनका क्रममा आवश्यक पहुँच सुनिश्चित गर्न पनि उनीहरूले माग गरेका छन्।
प्रेस विज्ञप्तिमा सुशिल प्याकुरेल, शोभाकर बुढाथोकी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, रमेश अधिकारी, अभिषेक अधिकारी, सोम निरौला, अधिवक्ता बद्रीप्रसाद भूसाल, भोला भट्टराई, कृष्ण गौतम, रियाव बानियाँ, शुसिल वि.क., अस्मिता सापकोटा, नीतु पोखरेल र श्याम कुमारी साहलगायतले हस्ताक्षर गरेका छन्।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...













