फरक प्रसंगलाई मसँग जोडेर फेरि चरित्र हत्या र दुष्प्रचार गरिरहेका छन् : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई विभिन्न प्रसङ्गसँग जोडेर चरित्र हत्या तथा दुष्प्रचार गर्ने प्रयास भइरहेको दाबी गरेका छन्। बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै वर्तमान सरकारको आडमा आपराधिक मानसिकता बोकेका केही व्यक्तिले फरक प्रसङ्गलाई आफूंसँग जोडेर भ्रम फैलाउने काम गरिरहेको आरोप लगाएका हुन्।
‘भ्रममा नपरौँ’ भन्दै उनले आफूविरुद्ध भइरहेको प्रचारलाई अस्वीकार गरेका छन्। उनले सरकार वा आफूविरुद्ध दुष्प्रचारमा संलग्न व्यक्तिहरूको आफूले नैतिक तथा कानुनी रूपमा सामना गर्ने बताएका छन्।
बस्नेतले आफ्नो स्टाटसमा आफू कानुनी प्रक्रियाबाट पछि नहट्ने उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि समय क्रममा उचित कारबाही हुने दाबीसमेत गरेका छन्। उनले लेखेका छन्, “वर्तमान सरकारको आडमा आपराधिक मानसिकता बोकेका केही व्यक्तिहरूले फरक प्रसङ्गलाई मसँग जोडेर फेरि चरित्र हत्या र दुष्प्रचार गरिरहेका छन्।”
बस्नेतले सरकार वा आफूविरुद्ध गतिविधि गर्ने सबैसँग नैतिक र कानुनी रूपमा सामना गर्न आफू तयार रहेको बताएका छन्। उनले सम्बन्धित व्यक्तिहरूलाई समय क्रममा कारबाही हुने चेतावनीसमेत दिएका छन्। बस्नेतको उक्त भनाइ कुन विशेष घटनालाई लक्षित गरेर आएको हो भन्ने कुरा भने फेसबुक स्टाटसमा स्पष्ट गरिएको छैन।
सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटस:
“भ्रममा नपरौँ।
वर्तमान सरकारको आडमा आपराधिक मानसिकता बोकेका केही व्यक्तिहरूले फरक प्रसङ्गलाई मसँग जोडेर फेरि चरित्र हत्या र दुष्प्रचार गरिरहेका छन्।
सरकार होस् वा आपराधिक मनोवृत्ति बोकेका तिमीहरु सबैसँग नैतिक र कानुनी रूपमा सामना गर्न म सधैँ तयार छु।
ढुक्क भएर बस, समय क्रममा तिमीहरुलाई उचित कार्बाही गरिनेनै छ।”
Comments
अरु समाचार
-
सरकारले गर्यो १७ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । सरकारले १७ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा जिम्मेवारी...
-
पूर्व प्रधानन्यायाधीश राणा पक्राउप्रति ‘मानव अधिकारकर्मी र नागरिक समाज’ को ध्यानाकर्षण
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई गत असोज १० गते मध्यराति निवासबाट पक्राउ गरी असोज ११ गते दिनभर काठमाडौं...
-
झमेलामा फस्ने गरी पार्टी एकता हुँदैन : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा अन्य राजनीतिक शक्तिसँग चुनावी तालमेल तथा विषयगत कार्यगत एकता गर्न...
-
पूर्व प्रधानन्यायाधीश राणालाई प्रहरी नियन्त्रणमा लिइएकोप्रति ‘न्यायाधीश समाज’ को आपत्ति
काठमाडौं । न्यायाधीश समाज, नेपालले पूर्व प्रधानन्यायाधीशलाई रातारात प्रहरी नियन्त्रणमा लिइने कार्यले अरुलाई समेत आतंकित बनाएको भन्दै आपत्ति जनाएको छ।...
-
कांग्रेसका शीर्ष नेताहरू आ-आफ्नो भूगोलबाट महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेसका शीर्ष नेताहरू १५औं महाधिवेशनका लागि आ-आफ्नो भूगोलबाट महाधिवेशन प्रतिनिधि (प्रतिनिधिसभा क्षेत्रीय प्रतिनिधि) चयन भएका छन्। काठमाडौं निर्वाचन क्षेत्र...
-
बागलुङ बाढीपहिरो अपडेट: मृत्यु हुनेको संख्या १२, एक बेपत्ता
बागलुङ । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको...
-
पूर्व प्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति ‘सर्वोच्च अदालत पूर्ण बैठक’ को गम्भीर ध्यानाकर्षण
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई नेपाल प्रहरीका अधिकृतहरूले मध्यरातमा घरबाट उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगी...
-
हिम्लुङ बेस क्याम्प हिमपहिरोः सम्पर्कविहीन १२ मध्ये चार मृत फेला
काठमाडौं। मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ बेस क्याम्पमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका थप दुई जनाको शव फेला परेको छ।...
-
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणः एमाले र राप्रपा सांसदको कडा आपत्ति
काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको विषयलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा...













