फरक प्रसंगलाई मसँग जोडेर फेरि चरित्र हत्या र दुष्प्रचार गरिरहेका छन् : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई विभिन्न प्रसङ्गसँग जोडेर चरित्र हत्या तथा दुष्प्रचार गर्ने प्रयास भइरहेको दाबी गरेका छन्। बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै वर्तमान सरकारको आडमा आपराधिक मानसिकता बोकेका केही व्यक्तिले फरक प्रसङ्गलाई आफूंसँग जोडेर भ्रम फैलाउने काम गरिरहेको आरोप लगाएका हुन्।
‘भ्रममा नपरौँ’ भन्दै उनले आफूविरुद्ध भइरहेको प्रचारलाई अस्वीकार गरेका छन्। उनले सरकार वा आफूविरुद्ध दुष्प्रचारमा संलग्न व्यक्तिहरूको आफूले नैतिक तथा कानुनी रूपमा सामना गर्ने बताएका छन्।
बस्नेतले आफ्नो स्टाटसमा आफू कानुनी प्रक्रियाबाट पछि नहट्ने उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि समय क्रममा उचित कारबाही हुने दाबीसमेत गरेका छन्। उनले लेखेका छन्, “वर्तमान सरकारको आडमा आपराधिक मानसिकता बोकेका केही व्यक्तिहरूले फरक प्रसङ्गलाई मसँग जोडेर फेरि चरित्र हत्या र दुष्प्रचार गरिरहेका छन्।”
बस्नेतले सरकार वा आफूविरुद्ध गतिविधि गर्ने सबैसँग नैतिक र कानुनी रूपमा सामना गर्न आफू तयार रहेको बताएका छन्। उनले सम्बन्धित व्यक्तिहरूलाई समय क्रममा कारबाही हुने चेतावनीसमेत दिएका छन्। बस्नेतको उक्त भनाइ कुन विशेष घटनालाई लक्षित गरेर आएको हो भन्ने कुरा भने फेसबुक स्टाटसमा स्पष्ट गरिएको छैन।
सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटस:
“भ्रममा नपरौँ।
वर्तमान सरकारको आडमा आपराधिक मानसिकता बोकेका केही व्यक्तिहरूले फरक प्रसङ्गलाई मसँग जोडेर फेरि चरित्र हत्या र दुष्प्रचार गरिरहेका छन्।
सरकार होस् वा आपराधिक मनोवृत्ति बोकेका तिमीहरु सबैसँग नैतिक र कानुनी रूपमा सामना गर्न म सधैँ तयार छु।
ढुक्क भएर बस, समय क्रममा तिमीहरुलाई उचित कार्बाही गरिनेनै छ।”
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












