‘वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी’ अनिवार्य अवकाशमा जाँदै
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी भोलि शनिबारदेखि अवकाशमा जाँदैछन् । उमेर हद ५८ वर्ष पूरा भएपछि उनी अवकाशमा जान लागेका हुन्। उनलाई भोलि शनिबार परेकाले आज शुक्रबार विदाई गरिँदैछ । २०२५ साल असोज १८ गते जन्मिएका रेग्मी २०५० साल साउन १ गते तृतीय श्रेणीमा नियुक्त भएका थिए ।
यसैगरी २०५९ साल साउन ४ गते द्वितीय श्रेणीमा र २०७० साल माघ ३ गते प्रथम श्रेणीमा रहेर जिम्मेवारी पूरा गरेका थिए । ‘वरिष्ठतम् नायव महान्यायाधिवक्ता’ को पदमा भने २०८० साल जेठ २ गते नियुक्त भएका थिए । रेग्मी सरकारी कर्मचारीमा अब्बल, मुद्धा बुझेका, फोजदारी कानुनका ज्ञाता र संविधान विज्ञका रुपमा चिनिन्छन् ।
उनी स-सानो समूहमा रमाउने व्यक्तिका रुपमा चिनिन्छन् । उनले आफ्नो कार्यकालभरि आफू निकटकालाई चाहेका ठाउँमा सरुवा, विदेशमा तालिमदेखि विभिन्न अवसर दिएका थिए । अवकाश हुने बेलामा पनि केही उपन्यायाधिवक्ता र सहायक न्यायाधिवक्ताको गुपचुप सरुवामा चासो देखाएको, आफ्ना निकटकालाई राम्रो ठाउँमा पोष्टिङ गरेका थिए ।
Comments
अरु समाचार
-
विकल पौडेलले लगभग ४२ करोड रुपियाँ गैरकानुनी सम्पति आर्जन गरेको विशेष अदालतको ठहर
काठमाडौं । विकल पौडेलसहित चारजना विरुद्धअख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दायर भएको मुद्धामाथि विशेष...
-
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो १५ प्रमुख उपलब्धि, हेलो सरकारमा आएका १५ हजार बढी गुनासो समाधान
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गते यताका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र...
-
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका...
-
सीमा अपराध नियन्त्रणमा नतिजामुखी काम गर्न आईजीपी पौडेलको निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका छन् । मधेश प्रदेशस्थित...
-
संसदमा पेस भयो संघीय निजामती विधेयक, के-के भयो कर्मचारीलाई व्यवस्था ? (पूर्णपाठ)
काठमाडौं । ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ सरकारले संघीय संसद् सचिवालयमा दर्ता गराएको...
-
नयाँ महान् यात्रामा नयाँ प्रयास, जनवादी गणतन्त्र चीन स्थापनाको ७७औँ वार्षिकोत्सव मनाउँदै
बेइजिङ । शरद् ऋतुको सुनौलो हावा शीतल छ र चीनका पहाड तथा नदीहरू सुन्दर देखिएका छन्। नयाँ यात्रामा अघि बढ्दै...
-
सरकारले गर्यो १७ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । सरकारले १७ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा जिम्मेवारी...
-
फरक प्रसंगलाई मसँग जोडेर फेरि चरित्र हत्या र दुष्प्रचार गरिरहेका छन् : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई विभिन्न प्रसङ्गसँग जोडेर चरित्र हत्या तथा दुष्प्रचार गर्ने प्रयास भइरहेको दाबी गरेका...
-
पूर्व प्रधानन्यायाधीश राणा पक्राउप्रति ‘मानव अधिकारकर्मी र नागरिक समाज’ को ध्यानाकर्षण
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई गत असोज १० गते मध्यराति निवासबाट पक्राउ गरी असोज ११ गते दिनभर काठमाडौं...













