ताजा समाचार

सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’

काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई न्यायपरिषद्ले  सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

तर यो सिफारिसको निर्णयमा परिषद सदस्य समेत रहेकी बरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान र अर्का सदस्य महेश कुमार नेपालले नोटअफ डिसेन्ट लेखेका छन्। आधारकारण बिना बरिष्ठतालाई मिचेको, समावेशी नभएको र बारबाट पनि प्रतिनिधित्व नभएकोले सम्पूर्ण सिफारिस प्रक्रियामा आफ्नो सहभागिता र सहमति नरहेको उनीहरुको टिपणी छ ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका बागचन्द रोलक्रमको पहिलो नम्बरमा रहेका मुख्य न्यायाधीश हुन्। अरू पाँच मुख्य न्यायाधीश सिफारिसमा परेनन्। बरू सिफारिसमा उच्च अदालतका न्यायाधीशको रोलक्रमका पाचौं सारू, १३ औँ पाण्डे र १६ औँ नम्बरमा रहेका डाँगीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरिएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org