‘धुर्मुस आयो भन्दा जिस्केर नाच्छन्’
हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ यतिबेला भूकम्प पुननिर्माणमा कटिवद्ध भएर जुटिरहेका छन् । साथमा कुञ्जना घिमिरे ‘सुन्तुली’ पनि सहायक कमान्डरका रुपमा खटिएकी छिन् । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’को चर्चित जोडी अहिले लोकलाई काम गरेर देखाई रहेको छ । सधैं सागेपाते, हल्का विषयलाई कमेडी बनाएर जनता मत जित्न सफल यो जोडी आजभोलि भने वास्तवमै जनता दुःखमा साथ दिइरहेको छ । धुर्मुस–सुन्तुलीको पुननिर्माण अभियानलाई लिएर न्युज–नेपालले ‘धुर्मुस’सँग गरेको कुराकानी :
पुननिर्माण अभियानमा जुटिरहनु भएको छ,अब यात्रा समाजसेवातर्फ मोडिएको हो ?
२०७२ साल वैशाख १२ गतेको भूँइचालोपछि मुलुकमा ठूलो विपत्ति आइलाग्यो । भूकम्प पिडीतलाई आफुले सकेको सहयोग गर्न हामी खटिरहेका छौं । यसको अर्थ यो होइन कि कलाकारिता छोडेर हामी समाजसेवा तर्फ लागेको भन्ने होइन् । स्थानीयका दुःख/पीडामा साथ दिने उद्देश्यले हामीले पुनःनिर्माण अभियान चलाएका हौं । यस अन्तर्गत काभ्रेमा एकीकृत नमूना बस्तीमा २० ओटा घर निर्माण गर्यो । सिन्धुपाल्चोकको मेलम्ची गिरानचोरमा ६५ ओटा घर बनाउन हामी जुटिरहेका छौं ।
पुननिर्माण सजिलो कि कलाकारिता ?
पुननिर्माण अभियान हामीबाट मात्र संम्भव हुने होइन । हामीले देश दुखेको बेला सहयोगी हात जुटाउने सन्देश दिन खोजेको हो । सबैले अ–आप्mनो क्षेत्रबाट सहयोग गर्नका लागि प्रेरणा दिन खोजेका हौं । वास्तवमा हाम्रो अभियानमा सहयोगी हात जुटेका छन् । यो एउटा सकारात्मक सन्देश हो । काम गर्न चाहनेलाई पैसाले रोक्दैन भन्ने हामी उदाहरण हौं । कलाकारिता त हाम्रो पेशा हो । यसैबाट चलेको छ ।
धुर्मुस–सुन्तुली फाउन्डेसन मार्फत अभियानमा जुटनु भएको छ, सहयोगी हात कस्ता–कस्ता छन ?
भुकम्प पीडितलाई सघाउन देशी/विदेशी सहयोगी हात जुटेका छन् । हामीलाई करीब ४ करोड रुपैयाँ सहयोग गर्ने वचन आएको छ । करीब १ करोड ३० लाख त खातामै आइसक्यो । त्यसैलाई फाउन्डेसनले सही सदुपयोग गरेर पारदर्शी ढंगले पिडितका लागि खर्च गर्नेछ ।
भूकम्पपीडितका घर निर्माणका लागि काध थापिराख्नु भएको छ, कस्ता छन पीडितका समस्या ?
समस्या धेरै थरी छन, कतिको घर छैनन्, कतिलाई खानपानकै समस्या छ अझै, राहत पाएकै छैनन्, ती सबै कथा भनि साध्य छैन् । सरकारले राहत बाडेको सुनिन्छ । स्थानीय कतिले अझै पाएकै छैनन् । हल्ला पुगेको छ राहत छैन । त्यसैले हल्ला भन्दा काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।
टेलिभिजनमा देख्न कलाकारलाई गाँउबेसीमै भेटेपछि फ्यानको प्रतिक्रिया कस्तो छ ?
कति त जिस्केर नाच्छन नै । कोही धुर्मुस आयो भन्दा पत्याउँदैनन् । स्वभाविक रुपले दाजुभाईहरुले नौलो अनुभूति गरे जस्तो लाग्छ । मलाई त धेरै नै आनन्द लागेको छ ।
पुननिर्माण अभियानको प्रचार गरेर धुर्मुसले चर्चा कमाउन लागेको भनिन्छ नि ?
प्रचार त हो नै । यसम शंका गर्नु पर्दैन । न सरकारको अनुदान न त कुनै एनजिओ/आइएनजिओको अनुदान । हामीले प्रचारै नगरी हाम्रो अभियानबारे कसले थाहा पाउने ? त्यसैले यो प्रचार हो,– पुननिर्माणमा सहयोग गर्नेलाई । सहयोगीलाई हाम्रो स्वागत छ ।
यो अभियानमा जुटने प्रेरणा कहाँबाट पाउनुभयो ?
समाजसेवा गर्ने रुची थियो नै । भूकम्प आएपछि हामी यस अभियानमा सक्रिय भएका हौं । अब यो निरन्तर हुन्छ । तत्काल भुकुम्पपीडितका लागि भएपनि हामी समाजमापछि परेका वर्गको हित र उन्नतिका लागि निरन्तर काम गछौं ।
यो पनि पढ्नुस् ।
http://news-nepal.com/2016/05/25/24304.html
http://news-nepal.com/2016/05/29/24648.html
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...













