ढाकाको आतङ्ककारी हमलामा आइएसको सम्लग्नता छैन : बङ्गलादेश
ढाका, २० असार । बङ्गलादेशको राजधानी ढाकामा शनिबार बिहान भएका आतङ्ककारी हमलामा आइएसको सम्लग्नता नरहेको बङ्गलादेशले जनाएको छ ।
राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा गत शनिबार आतङ्ककारी हमला भएको थियो । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका र त्यहाँ रहेका कम्तीमा पनि २० जना विदेशीको हत्या गरेका थिए ।
उक्त आक्रमण इस्लामिक स्टेट्सले गरेको भनी यसअघि गरिएको दाबी सत्य नभएको बताइएको छ । बङ्गलादेशको सरकारले त्यसमा आइएसको सम्लग्नता अस्वीकार गरेको हो ।
बङ्गलादेशका गृहमन्त्री असादुजमान खानले उक्त हमलामा आइएसको हमलाको कुनै पनि संकेत नमिलेको जानकारी दिनुभएको हो ।
यस क्रममा सुरक्षाकर्मीको कारबाहीका क्रममा पाँचजना बन्दुकधारी मारिएका बताइएको थियो । ती मारिएका व्यक्ति बङ्गलादेशको नै एक प्रतिबन्धित समूहका सदस्य रहेकोले आइएसको सम्लग्नता नखुलेको उहाँको भनाई छ ।
साथै सुरक्षाफौजले नियन्त्रणमा लिएका केही व्यक्तिसँगको सोधपुछका क्रममा पनि यहाँ आइएस आतङ्कारीको सहभागिता नदेखिएको उहाँले बताउनुभएको छ ।
मारिएका ती व्यक्ति बङ्गालादेशमा गएको करिब दश वर्षदेखि प्रतिबन्धित आतङ्ककारी संगठन जमाएतुल मुजाहिद्दीनका सदस्य रहेको खुलेको समाचारमा जनाइएको छ ।
मन्त्री खानले भन्नभुयो– आइएससँग उनीहरुको कुनै पनि सम्लग्नता छैन, हामीले अनुसन्धानबाट यो पत्ता लगाएका छौँ । यसअघि उक्त हमलामा आइएसको सम्लग्नता रहेको यहाँको सरकारले नै दाबी गरेको थियो ।
त्यस लगत्तै आइएस संगठनले पनि ढाकामा भएको आक्रमणमा आफ्नो संलग्नता रहेको जानकारी गराएको थियो । सोमबार यहाँको सरकारको सो भनाई आएको हो ।
त्यसैगरी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले बङ्गलादेशलाई यस्तो आतङ्कवादी क्रियाकदापबाट हामीले जतिसक्दो चाँडै सामान्य अवस्थामा ल्याउने छौँ भन्नुभएको छ ।
उहाँले बङ्गलादेशको सुरक्षा निकायले आक्रामक रुपमा कामगर्ने र उक्त होटलमा हमलागरी नागरिकको हत्या गर्ने दोषीलाई चाँडो भन्दा चाँडो कारबाहीको दायरामा ल्याएरै छोड्ने पनि बताउनुभयो । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...













