चिनियाँ पूर्व राष्ट्रपतिका सहयोगीलाई भ्रष्टाचार आरोपमा आजीवन काराबास
बेइजिङ ‘चीन’, २१ असार । चीनका पूर्व राष्ट्रपति हु जिन्ताओका पूर्व सहयोगी लिङ जिहुवालाई भ्रष्टाचार तथा राज्यको गोप्य सूचना गैरकानुनी तरिकाले लिएको र शक्तिको दुरुपयोग गरेको आरोपमा आजीवन काराबासको सजाय तोकिएको छ ।
यस सन्दर्भमा लिङ जिहुवाले आफ्नो गल्ती स्वीकार गरेको र सजायमाथि पुनःविचारका लागि माथिल्लो निकायमा अपिल नगर्ने बताएका तियानजिनस्थित पहिलो मध्यवर्ती जनअदालतको फैसलालाई उद्धृत गर्दै सिन्ह्वा न्युज एजेन्सीले बताएको छ ।
आजको फैसलाले मेरो हृदयमा गहिरो चोट पुगेको छ, लिङले सोमबार अदालतसमक्ष जारी गरेको अन्तिम विज्ञप्तिमा बताइएको छ ।
पूर्व राष्ट्रपति हु जिन्ताओका सहयोगी लिङको मुद्दा राज्य सञ्चालित टेलिभिजन सीसीटीभीको रात्रिकालीन प्रसारणको मुख्य समाचारमा छाएको छ ।
समाचारमा लिङलाई सेतो सर्ट र चस्मा लगाएको अवस्थामा देखाइँदा उहाँले आफूमाथिको सजायलाई नम्रतापूर्वक स्वीकारेको देखाइएको बताइएको थियो ।
चीनको सत्तासीन कम्युनिस्ट पार्टीले लिङलाई हुको सहयोगीबाट गएको वर्ष नै हटाएको थियो ।
सन् २०१२ मा बेइजिङमा भएको फेरारी ९कार० दुर्घटनामा लिङका छोरा मारिएका थिए र यसले एक दशकमा एक पटक हुने चिनियाँ नेतृत्व परिवर्तनको विषयमा समेत बाधा पु¥याएको थियो । रासस/एएफपी
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












