ट्रम्प र हिलारीबीचको सङ्घर्ष ‘काल्पनिक अतित’ र भविष्यबीचको सङ्घर्ष : ओबामा
ललित के झा/वासिङ्टन, २३ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो समर्थन हिलारी क्लिन्टनलाई दिँदै बुधबार हिलारी र रियल स्टेटका दिग्गज डोनाल्ड ट्रम्पका बीचको चुनावी रस्साकसी भविष्य र काल्पनिक अतितको बीचको कुनै एक विकल्पलाई चुन्ने अभ्यास भएको बताउनुभएको छ ।
यो हामी काल्पनिक विगतलाई छान्ने या सुन्दर भविष्यमा जाने भन्ने छनोट पाएका छौँ, राष्ट्रपति क्लिन्टनले आफ्नो पहिलो संयुक्त चुनावी अभियानका क्रममा उत्तरी क्यारोलिनामा भएको चुनावी ¥यालीपछिको सम्बोधनमा बताउनुभयो ।
हिलारी क्लिन्टनका हजारौँ समर्थकलाई सम्बोधन गर्ने क्रममा यही नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिका लागि हुने निर्वाचनमा तपाईहरु दुई मूलभूत विचारमध्ये एउटा प्रष्ट विचारको चयन गर्नुपर्ने हुन्छ ।
यसकारण तपाईहरु अमेरिकालाई काल्पनिक विगतलाई सीमित राख्ने वा सुन्दर भविष्यको परिकल्पनालाई अगाडि बढाउने भन्ने सुझबुझका साथ मतदानमा जानुपर्नेछ ।
वास्तवमा नोभेम्बर ८ मा हुने निर्वाचन बाम र दक्षिण वा डेमोक्रेट र रिपब्लिक बीचको चयन होइन, बरु राष्ट्रपतिको चयन अमेरिकालाई कस्तो बनाउने भन्ने निर्णय लिने क्षण हो, नोभेम्बर ८ मा हुने निर्वाचनमा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको पक्षमा मतदान गर्न देशवासीसँग आग्रह गर्दै भन्नुभयो ।
हामी सम्पूर्ण अमेरिकीको पक्षमा काम गर्ने नेतृत्व छान्दैछौँ वा निश्चित दिर्घाका मानिएका पक्षमा सोचविचारसाथ मतदान गर्नु जरुरी रहेको छ ।
ओबामाले सम्बोधनका क्रममा अमेरिकी सङ्घीय अनुसन्धान विभाग ‘एफबीआई’ ले हिलारीका विरुद्धमा आरोपपत्र नलाने फैसला गरेकोसमेत बताउनुभएको थियो ।
हिलारी क्लिन्टनको पक्षमा बहस गर्दै राष्ट्रपतिले थप्नुभयो, हिलारीले हाम्रो अर्थतन्त्र विकासका लागि कसरी काम गर्ने भन्नेमा सोचविचारसहित अघि बढ्न सक्नुहुन्छ । उहाँ केही सीमित मान्छेको फाइदाका लागि अर्थतन्त्रलाई चलाउन नहुने पक्षमा हुनुहुन्छ ।
राष्ट्रपति ओबामाले अर्का उम्मेदवार ट्रम्पको नाम उच्चारण नगरिकनै उहाँमाथि प्रश्न गर्नुभयो, कुनै पनि झुट बहानाबाजीले देशलाई सुरक्षित बनाउन सक्दैन ।
हिलारी क्लिन्टन विगतको दुनियाबाट हात पछाडि खिच्न सकिँदैन भन्ने धारणा राख्नुहुन्छ र यो अमेरिकी नेतृत्वका लागि आवश्यक विषय हो ।
ओबामाले सन् २००८ मा अमेरिकी इतिहासमै पहिलो अश्वेत राष्ट्रपति बनेर नयाँ इतिहास रच्नुभएको थियो ।
यदि हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनुभएमा उहाँ पहिलो अमेरिकी महिला राष्ट्रपति बनेर अमेरिकी इतिहासमा सुनौलो अर्को इटा थपिनेछ । रासस/पीटीआई
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...













