अमेरिकी निर्णयको अफगान राष्ट्रपतिद्वारा स्वागत
काबुल, २३ असार । अमेरिकी राष्ट्रपति बाराक ओबमाले अफगानिस्तानमा अमेरिकी सेना रहने भनी बुधबार गर्नुभएको निर्णयको अफगान राष्ट्रपतिले स्वागत गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार एक पत्रकार सम्मेलन गर्दै अफगानिस्तानमा सन् २०१७ को अन्त्यसम्ममा नै कम्तीमा पनि आठ हजार ४०० अमेरिकी सेना तैनाथ रहने बताउनुभएको थियो ।
अफगानिस्तानको वर्तमानमा रहेको कमजोर सुरक्षास्थितिलाई मध्यनजर राख्दै आगामी वर्षसम्म नै अफगानिस्तानमा अमेरिकी सेना रहने विषयमा उहाँले बुधबार स्पष्ट गर्नुभएको थियो ।
अमेरिकी सरकारले यसअघि सन् २०१६ को अन्त्यसम्ममा अफगानिस्तानमा रहँदै आएका अमेरिकी सेनाको सङ्ख्या घटाएर पाँच हजार ५०० मा झार्ने निर्णय गरेको थियो ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीद्वारा बिहीबार जारी विज्ञप्तिमा अमेरिकाको सो निर्णयको उहाँले स्वागत गर्नुभएको बताइएको छ ।
राष्ट्रपतिको कार्यालयको वेवसाइटमा उहाँले अमेरिकी राष्ट्रपति ओबामाको निर्णयको स्वागत गरी जारी गर्नुभएको विज्ञप्ति राखिएको काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।
त्यसैबमोजिम नै यसअघिका वर्षहरुमा अमेरिकी सेनाको सङ्ख्या अफगानिस्तानबाट घटाउदै लगिएको थियो । सङ्ख्या घटाउदै लाने र अफगानिस्तानबाट पूर्ण रुपमा अमेरिकी सेना हटिसक्ने नीति यसअघि अमेरिकाले लिएको थियो ।
तर पछिल्लो समयमा अफगानिस्तानमा पुनः तालिबानहरुको आक्रमणको गति बढ्न थालेको जस्तो देखिएको छ । सुरक्षा अवस्था कमजोर हुदै गएकोछ ।
अमेरिकी राष्ट्रपति ओबामाले बुधबार भन्नुभएको थियो– मैले आज गरेको यस निर्णयले मेरो उत्तराधिकारीले पनि अफगानिस्तानमा अमेरिकी सेनाले गरेको जारी प्रगतिमा थप बल पुग्नेगरी निर्णय लिन सक्नेछ र आतङ्कवाद नियन्त्रणका लागि सहज हुनेछ ।
यसअघिको करिब १३ वर्षको सैनिक उपस्थितिपछि नेटो सेनाले भने अफगानिस्तानमा आफ्नो उपस्थितिलाई सन् २०१४ को अन्त्यससँगै अन्त्य गरेको थियो । अमेरिकी सेनाले नेटो सैनिकको नेतृत्व गरेको थियो ।
अमेरिकी राष्ट्रपतिको अफगानिस्तानमा सेना विस्तारको प्रस्ताव र अफगान सरकारको यस स्वीकृतिले आगामी दिनमा पनि अफगान र अमेरिकासम्बन्ध विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस/एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












