सिरियाली सेनाद्वारा युद्धबिरामको घोषणा
दमास्कस ‘सिरिया’, २३ असार । ईद उल फित्रको अवसर पारेर सिरियाली सेनाले गएरातिदेखि ७२ घन्टासम्मका लागि एकपक्षीय रूपमा राष्ट्रव्यापी युद्धबिरामको घोषणा गरेको छ ।
यसअघिका वर्षहरुमा जस्तै यसवर्ष पनि सिरियाली सेनाले यस चाडको अवसरमा युद्धविरामको घोषणा गरेको हो । यहाँको राष्ट्रिय सेनाको यो निर्णय बुधबारको मध्यरातिदेखि सुरु भई शुक्रबार मध्यरातसम्म लागू हुनेछ ।
सिरियामा पछिल्लो समयमा सन् २०१६ को फेब्रुअरी २७ मा युद्धविराम भएको थियो । यसअघि अमेरिका र रसियाको पहलमा उक्त युद्धबिराममा भएको थियो ।
त्यस समयको युद्धविरामको सिरियाली आईएस विद्रोही र अलकायदा समर्थक सिरियाली सङ्गठन अलनुस्रा फ्रन्टले भने समर्थन गरेका थिएइनन् ।
यस पटकको यस युद्धरिामपछि भने उनीहरुको केही प्रतिक्रिया आएको छैन । सरकारले सिरियाको उत्तरी प्रान्त अलेप्पोमा आईएसविरुद्धको लडाइँलाई जारीगर्दै विद्रोहीविरुद्ध सशक्त कारबाही थालेपछि फेब्रअरीको युद्धबिराम अन्त्य भएको थियो ।
उता बुधबारकै दिन पनि सरकारी सेनाले युद्धबिरामको घोषणा गरेकै दिन सेना र विद्रोही पक्षबीच दमास्कस वरपरको क्षेत्रमा झडप भएको थियो ।
यस झडपमा परी कैयौं व्यक्ति हताहत भएको अनुमान गरिएको छ । सिरियाली आईएस समूहका सैन्य प्रवक्ता यासेर अल तैयवले सो झडपको जानकारी दिएका थिए । रासस/एपी
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












