मस्जिदमा आत्मघाती हमला, २० को मृत्यु
बग्दाद, २४ असार । मध्य बग्दादमा शुक्रबार भएका बम हमलाहरुमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको समाचार छ । मध्य इराकी जिल्ला सलाउद्दिनमा शुक्रबार भएको आत्मघाती बम हमलामा २० जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
बग्दाद नजिकैैको एक मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका सिया मुस्लिम समुदायाका नागरिकमाथि लक्ष्यगरी सो आत्मघाती बम हानिएको थियो । त्यसमा परी २० जनाको ज्यान गएको छ भने अरु ७० जना घाइते भएका छन् ।
मारिनेमा उक्त मस्जिदमा प्रार्थनाका लागि गएका सर्वसाधारण नागरिक परेका छन् । शुक्रबार बिहानै उक्त मस्जिदमा सो हमला भएको थियो ।
हमलामा परी ठूलो सङ्ख्याका नागटरक घाइते भएका र वरपरका पसल एवम् घरमा बसेका नागरिक पनि घाइते भएका बताइएको छ ।
बग्दाद नजिकैको सलाउद्दिन भन्ने ठाउमा रहेको मस्जिदमा सो हमला भएको थियो । शुक्रबार मुस्लिम समुदायले रमादान महिनाको ब्रत सकेपछिको यस समयमा सो हमला भएको छ ।
आक्रमण गरिएको सिया मुस्लिम समुदायका नागरिकको मस्जिद हो । उक्त मस्जिदमा यसअघि पनि गतवर्ष यस्तै आत्मघाती आक्रमण भएको थियो ।
यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यस्तो प्रकारको हमला यसअघि पनि लामो समयदेखि उक्त क्षेत्रमा आइएसले गर्दै आएको छ ।
त्यस्तै यस हमालमा आइएसको हात हुनसक्ने पनि अनुमान गरिएको प्रहरीले जनाएको छ । जसका कारण पछिल्लो समयमा इराकमा ठूलो जनधनको क्षति हुन पुगेको छ ।
इराकमा हालैमात्र पनि यस्तो हमला भएको थियो । उक्त हमलामा परी २५० जनाभन्दा पनि बढी नागरिकको ज्यान गएको थियो । यस हत्याकाण्डपछि इराकमा सरकारले तीन दिनसम्म शोकको घोषणा गरिएको थियो । रासस/एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












