नेटो सम्मेलनका एजेण्डा बेलायतको बहिर्गमन र रसिया
वार्सा, २४ असार । वार्सामा शुक्रबार हुन लागेको नेटो सम्मेलनका प्रमुख एजेण्डा हालैमात्र जनमतसंग्रहको आदेशबाट युरोपेली युनियनबाट हुन लागेको बेलायतको बहिर्गमन र रसिया हुने भएका छन् ।
सो सम्मेलनमा पछिल्लो समयका यी दुई फरक फरक प्रसँगले बहसको रुप लिनसक्ने अनुमान पनि गरिएको छ । पर्यवेक्षकहरुले यस सम्मेलनको बहसमा अधिकांस समय यी पक्षले लिने देखिएको बताएका छन् ।
बेलायतको नाटकीय सम्बन्ध विच्छेदले यस सम्मेलनमा राम्रैसँग स्थान पाउने भएको छ । बेलायतको बहिर्गमनपछि उसको अवस्था र युरोपेली संघको भविश्यका बारेमा यथेष्टमात्रामा छलफलमा स्थान पाउने बताइएको छ ।
यस सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाको पनि सहभागिता रहने छ । उहाँले यस सम्मेलनका क्रममा नै युरोपेली संघका अध्यक्ष डोनाल्ड टस्क र युरोपेली कमिसनका प्रमुख जिन क्लाउडसँग भेटवार्ता गर्नुहुने छ ।
यस वार्ताका क्रममा विशेषगरी उहाँले युरोपेली युनियनको आगामी दिनको कार्यक्रम, बेलायतको बहिर्गमनपछिको भविश्यका साथै अरु पनि यससँग सम्बन्धित विषयमा कुराकानी गर्नुहुने बताइएको छ ।
राष्ट्रपति ओबामाले आजै युरोपेली युनियन र बेलायतले आफ्नो अलग्गिने निर्णयको कार्यान्वयन व्यवस्थित हिसाबले गर्ने र त्यसले आगामी दिनमा यी द्विपक्षीय सम्बन्धको विस्तारमा नयाँ आयाम ल्याउनसक्ने धारणा राख्नुभएको थियो ।
त्यसैगरी यस सम्मेलनको अर्को एजेण्डा रसिया हुने देखिएको छ । पछिल्लो समयमा रसिया र यसले युक्रेनका विषयमा लिएको नीतिले विवाद सिर्जना गर्दै आएको छ ।
युक्रेनमा भित्रभित्रै रसियाले सेना पठाएको आरोप पश्चिमा मुलुकहरुको छ । तर रसियाले यस विषयको कडा रुपमा खण्डन गर्दै आएको छ । जसका कारण रसिया र पश्चिमा देशहरुको बीचमा विगतका केही वर्षयता सम्बन्ध बिग्रिँदै गएको छ ।
हालैमात्र जर्मन चान्स्लर एन्जिला मार्केलले पनि रसियाका कारण पश्चिमा राष्ट्रहरुको नेटोप्रतिको विश्वसनीयता घट्दै गएको धारणा राख्नुभएको थियो ।
उहाँले रसियाको कडा शब्दमा विरोध पनि गर्नुभएको थियो । त्यसैले यस नेटो सम्मेलनमा रसियाको बारेमा पनि कडा मात्रामा विरोध आउने अनुमान गरिएको छ । रासस/एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












