उत्तर कोरियालाई कडा कारबाहीको माग
सोल, २६ असार । उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेर बारम्बार क्षेप्यास्त्र परीक्षण गरेकोले उसमाथि कारबाहीको माग गरिएको छ ।
उत्तर कोरियाले शनिबार पनि एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेकोले दक्षिण कोरियाका तर्फबाट यस्तो माग गरिएको हो ।
उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्नेगरी शनिबार क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तरको यस घटनाको दक्षिण कोरियाले निन्दा गरेको छ ।
दक्षिण कोरियाको रक्षामन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा उत्तर कोरियामाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको हो ।
शनिबार उत्तरले गरेको यस्तो खालको परीक्षण पानीमा मारहान्ने हो । अमेरिका र दक्षिण कोरियाले उत्तरको समुद्रको पूर्वी तटीय क्षेत्रमा प्रतिरक्षात्मक संयन्त्र राख्ने भनेको दुई दिनपछि फेरि उत्तरले यस्तो परीक्षण गरेको जनाइएको छ ।
उत्तरले यसरी बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको उत्तरले जनाएको छ ।
पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण दक्षिण कोरिया तथा अमेरिकाले उसमाथि नाकाबन्दी लगाएका छन् । संयुक्त राज्य अमेरिकाले पनि उत्तर कोरियाका विरुद्धमा नाकाबन्दी लगाएको छ ।
तर नाकाबन्दीले मात्र नपुगेर उत्तरमाथि यस्तो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनको आरोपमा कारबाहीको माग दक्षिण कोरियाले गरेको छ ।
दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नाले पनि यो कानुनको पालना हुन नसकेको दक्षिणको दाबी छ । रासस/एएफपी
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












