ओबामा स्पेनमा, स्पेनी राजा फिलिप छैटौँ र प्रधानमन्त्रीसँग भेट
म्याड्रिड ‘स्पेन’, २६ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामा आइतबार स्पेन आई यहाँका राजा र कार्यवाहक प्रधानमन्त्रीसँग भेट गर्नुभएको छ ।
स्पेनी कार्यवाहक प्रधानमन्त्री मारिन्नोह रहोयसँग मोन्क्लोआ दरबारमा भेटवार्ता गर्नुभएको छ ।
यसअघि आइतबारै उहाँले यहाँका राजा फिलिप छैटौँलाई भेट्नु भएको थियो ।
अमेरिकी राष्ट्रपति ओबामाको स्पेन भ्रमणको कार्यक्रमअनुसार उहाँहरुको भेट सोमबार हुने तय भएकोमा अमेरिकी सहर डालसमा भएको श्रृङ्खलाबद्ध आक्रमणपछि देखिएको तनावका कारण भ्रमणको कार्यक्रमलाई छोट्याएर फर्किदै हुनुहुन्छ ।
राष्ट्रपति ओबामाले आफ्नो दुईदिने स्पेन भ्रमणलाई छोट्याएर आइतबारै वासिङटन फर्किने कार्यक्रम छ ।
भेटका क्रममा राष्ट्रपति ओबामाले आफू स्पेनमा लामो समय बस्न चाहे पनि यससाता अमेरिकाका लागि एक ‘कठीन हप्ता’ भएको बताउँदै आफ्नो स्पेन भ्रमण छोटै भएपनि दुई देशको सम्बन्ध प्रगाढ बनाउन कोशेढुङ्गा हुने बताउनुभएको छ ।
उहाँले अमेरिकाले एकताबद्ध युरोपबाट आधुनिक समयमा ठूला राजनीतिक र आर्थिक उपलब्धि पाउनसक्ने कुरामा विश्वास राखेको बताउनुभयो ।
राष्ट्रपति ओबामाले युरोपेली राष्ट्रका लागि चुनौतीको रुपमा देखिएको आप्रवासी तथा शरणार्थी समस्याले युरोपको सीमा नीति सम्बन्धमा सावधानी अपनाउन निर्देश गरेको बताउनु हुँदै भन्नुभयो, यो बेला युरोपका लागि कठीन समयका रुपमा आएको छ । यसबाट युरोपेली नागरिकले आत्मसन्तुष्टि महसुस गर्न सम्भव नभएको र समस्या समाधानका लागि सम्पूर्ण युरोपेली मुलुकबीच एकताको खाँचो देखिएको छ ।
राष्ट्रपति ओबामाले थप्नुभयो, हालै युरोपमा देखिएको आर्थिक सङ्कटले कैयौँ युरोपेली त्यसमा पनि युवा जमातलाई निरुत्साहित बनाएको छ । यसैको परिणाम बेलायतमा ईयूबाट बाहिरिने समूहप्रति आकर्षण बढ्दा बेलायत ईयूबाट बाहिरिने निर्णय लिन पुगेको छ, तर यस कठीन सङ्कटलाई बेवास्ता गर्दै समग्र्र युरोपको अर्थतन्त्र सुधारका लागि अघि बढ्नुपर्ने आजको आवश्यकता छ, उहाँले भन्नुुभयो । रासस/एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












