फिलिपन्सका पूर्व राष्ट्रपतिविरुद्धको मुद्दा खारेज
मनिला, ५ साउन । फिलिसिन्सको सर्वोच्च अदालतले मङ्गलबार पूर्व राष्ट्रपति ग्लोरिया आरोयोविरुद्ध लामो समयदेखि चल्दै आएको भष्ट्राचारको मुद्दा खारेज गरेको समाचार छ ।
यो फैसलासँगै गएको पाँच बर्षदेखि पक्राउ पर्नुभएका आरोयोलाई तत्काल मुक्त गर्न पनि अदालतले आदेश दिएको प्राप्त समाचारमा जनाइएको छ ।
उहाँले सन् २००१ देखि २०१० सम्म फिलिपिन्सको राष्ट्रपति पद सम्हाल्नु भएको थियो । त्यस समयमा उहाँले गरेका कतिपय निर्णयहरु भ्रष्टाचारबाट मुक्त हुन नसकेको भन्दै उहाँमाथि भ्रष्टाचारको मुद्दा चलाइएको थियो ।
सन् २०११ को नोभेम्बरमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नुभएका ६९ बर्षीया आरोयो मङ्गलबारको सो फैसलासँगै मुक्त हुनु भएको छ ।
पक्राउ परेको सो समयदेखि नै उहाँ अस्पतालमा रहनुभएको थियो । अस्वस्थताका कारण भन्दै उहाँलाई अस्पतालमै नजरबन्दका रुपमा राखिएको थियो ।
अस्पतालको यो फैसलासँगै उहाँ त्यहीँबाटै नजरबन्द मुक्त हुनुभएको समाचारमा जनाइएको छ ।
उहाँ उपचारको लागि यसअघि करिब पाँच वर्षदेखि नै रहनुभएको मनिला सरकारी अस्पतालबाटै रिहाईको प्रक्रिया मिलाइएको अधिकारीहरुले जनाएका छन् । त्यहीँबाट नै उहाँ मुक्त हुनुभएको उहाँको वकिलले बताउनु भएको छ ।
उहाँका विरुद्धमा चलाइएको मुद्दाको प्रमाण पर्याप्त मात्रामा नभएकोले सो मुद्दा खारेज गरिएको सर्वोच्च अदालतका प्रवक्ता दओदोरे टेले समाचारदाताहरुदलाई बताउनुभएको छ ।
आरोयोमाथि ८८ लाख अमेरिकी डलर बराबरको सरकारी कोष भ्रष्टाचार गरेको आरोप लागाइयो समाचारमा जनाइएको थियो ।
आरोयोले पछिल्लो समय सर्वोच्च अदालतलाई आफ्नो मुद्दा खारेज गरिदिन रीट पनि हाल्नुभएको थियो । रासस रएएफपी
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












