मुसलधारे पानीका कारण चीनमा १४ को मृत्यु, ७२ जना हराए
सिजियाङ, ६ साउन । उत्तरी चीनको हेबेइ प्रान्तमा बुधबार बिहानदेखि अविरल रुपमा परेको पानीका कारण १४ जनाको ज्यान गएको समाचार छ ।
भारी वर्षापछिको बाढीबाट अरु कम्तीमा पनि ७२ जना हराइरहेको समाचारमा उल्लेख गरिएको छ । प्रान्तीय नागरिक मामिला सम्बन्धी विभागले बिहीबार सो जानकारी दिएको छ ।
साथै सो विभागले बिहीबार पनि अपरान्ह्सम्म वर्षा नघटेको बताएको छ । बुधबार बिहानदेखि बिहीबारसम्म नै वर्षा निरन्तर रुपमा भइरहेको बताइएको छ ।
उक्त हेबेइ प्रान्तका ११ वटा नगरमा पानीको मात्रा घटेको छैन । निरन्तरको वर्षाका कारण बाढी आएको छ र सो बाढीमा कैयौँ व्यक्ति थुनिएका वा हराएका छन् ।
उक्त प्रान्तका विभिन्न नगरका गरी करिब १० लाख नागरिक प्रभावित भएका छन् । ती नगरहरुबाट १ लाख २३ हजार नागरिकलाई उद्वार गरी अन्यत्रै सारिएको पनि समाचारमा उल्लेख गरिएको छ ।
उक्त बाढीले सात हजार भन्दा बढी नै घर ध्वस्त बनाएको छ । बाढीका कारण बालीनाली, स्थानीय पूर्वाधारका साथै ठूलो जनधनको क्षति पुगेको समाचारमा जनाइएको छ ।
उक्त क्षेत्रमा उद्वारको प्रयास जारी रहेको पनि बताइएको छ । ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको र उद्वारकर्मीहरु खटाइएको सो समाचारमा उल्लेख गरिएको छ ।
बेइजिङको चेतावनी कायमै
यसैबीच बेइजिङबाट प्राप्त एक समाचारअनुसार बेइजिङ्मा पनि भारी बर्षाको चेतावनी कायमै रहेको छ । बेइजिङ्मा भारी मात्रामा पानी पर्ने चेतावनी बुधबार मात्र दिइएको थियो ।
चीनको मध्य र दक्षिणी बन्दरगाह सहरमा बुधबार व्यापक मात्रामा वर्षा भएको थियो । अविरल वर्षा भएपछि सतर्कताको लागि चेतावनी दिइएको मौसम विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
चीनको राजधानीमा बुधबार अपराह्नमा यसको खतरा झनै बढेकोले यो चेतावनी दिइएको बताइएको थियो ।
बिहीबार पनि सो अविरल वर्षा जारी रहेकोले उक्त चेतावानी फिर्ता नलिइएको बताइएको हो ।
चीनका विभिन्न क्षेत्रमा हालैका दिनमा भारी मात्रामा वर्षा भएको छ । राजधानी बेइजिङ्मा पनि पछिल्लो समयमा अविरल मात्रामा पानी परेको छ ।
साथै राजधानी बेइजिङ्मा केही दिनयतादेखि आँधीको पनि सम्भावना रहेको बारेका समाचारहरु आइरहेका छन् । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












