संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तान आक्रमणको निन्दा
काबुल, ९ साउन । संयुक्त राष्ट्रसङ्घीय अफगानिस्तान सहयोग मिसन (युएनएएमए) ले काबुलमा शनिबार भएको आतङ्ककारी आक्रमणको कडा शव्दमा भत्र्सना गरेको छ । यस आक्रमणमा परी ८० अफगानी नागरिकको हत्या हुनुको साथै अन्य २३१ जना घाइते भएका छन् ।
ूशान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका सयौं निर्दोष जनसमुदाय हताहत हुने गरी आज गराइएको यस बर्बर आक्रमणको जतिसुकै कडा शव्दमा निन्दा गरे पनि पुग्दैनू राष्ट्र सङ्घीय दूत तथा अफगानिस्तानस्थित नियोगका प्रमुख तादामिचि यामामोतोद्वारा प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राजधानी काबुलको देमाजांग चोकमा सिया समुदायका हजारा समूहले शनिबार निकालेको शान्तिपूर्ण जुलुस प्रदर्शनलाई लक्षितगरी दुईजना आत्मघाती आक्रमणकारीहरुले बम बिस्फोट गराउँदा उक्त हृदयबिदारक घटना हुन गएको थियो ।
दुई मध्ये एकजना आक्रमणकारीको घटनास्थल मै मृत्यु भयो भने बचेर भाग्न खोज्ने अर्कोलाई अफगान प्रहरीले तत्कालै गोली हानी मारि दिएको तथ्य पनि सो बिज्ञप्तिमा जनाइएको छ ।
आक्रमणको जिम्मा आतङ्ककारी समूह इस्लामिक स्टेट ‘आइएस’ ले लिएको छ । अफगानिस्तानका तालिवान आतङ्ककारी समूहले भने यस आक्रमणको दाबी गरेका छ्रैनन । रासस /सिन्ह्वा
Comments
अरु समाचार
-
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा
काठमाडौँ — डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...












