क्याथोलिक धर्मगुरुको हत्या
फ्रान्स, १२ साउन । फ्रान्सको नर्मान्डीस्थित एक चर्चमा दुई आक्रमणकारी एक्कासी प्रवेश गरी ८४ वर्षीय क्याथोलिक धर्मगुरु ज्याक हमेलको हत्या गरेका छन् ।
नर्मान्डी राज्यको सेन्ट एतिने डुरौभरे शहरमा मा भएको उक्त आक्रमणबाट वयोवृद्ध धर्मगुरु हमेलको मृत्यु भएको फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले पुष्टि गर्नुभएको छ ।
राष्ट्रपति अलान्दले घटनालाई कायरतापूर्ण आक्रमण बताउँदै फ्रान्समाथि एकपछि अर्को गर्दै विगत १८ महिनामा आतङ्कवादी हमला भएका र आतङ्कवादसँग जुध्न सबै नागरिकबीच एकताको खाँचो रहेको बताउनुभएको छ ।
मुलुकमा एकपछि अर्को गर्दै इस्लामिक स्टेट (आईएस) समूहबाट गराइएका घटनाले फ्रान्समा आतङ्कवादी आक्रमणको विद्यमान भयलाई सबै मिली मुकाबला गर्नुको विकल्प नरहेको उहाँले बताउनु भयो ।
फ्रान्सको नमान्डीमा भएको आक्रमणपछि प्रतिक्रिया दिँदै क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले घटनाले उक्त क्षेत्रमा पीडा एवम् भय सिर्जना गरेको बताउँदै आक्रमणलाई जङ्गली एवम् क्रुर बताउनुभएको छ ।
घटनाको फ्रान्सका प्रधानमन्त्री मेनुयल भल्जले निन्दा गर्दै आफूलगायत सबै फ्रान्सेली नागरिकलाई यसले स्तब्ध बनाएका भनी ट्वीट गर्नुभएको छ ।
मङ्गलबारको घटनाको आईएसले जिम्मेवारी लिइसकेकोे छ ।
आईएसद्वारा सञ्चालित अमाक न्युज एजेन्सीले क्याथोलिक धर्मगुरुको हत्यामा आफ्ना सेनाको संलग्नता रहेको दाबी गर्दै आईएसले क्रुसेडर गठबन्धनमाथि लक्षित आक्रमणअन्तर्गत हमेलमाथि आक्रमण गरिएकोे जनाएको छ । – एएफपी
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












