ताजा समाचार

सोमालियामा दुई कारबम विस्फोटनमा तेह्रको मृत्यु

somalia_240x180_71429517197

सोमालिया , १२  साउन । सोमालियाको राजधानी मोगादिसुमा अवस्थित संयुक्त राष्ट्रसङ्घको बारुदी सुरुङ हटाउने संस्था र एक सोमालियाली सैनिक सुरक्षा जाँच स्थलमा दुई छुट्टाछुट्टै आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा १३ जनाको मृत्यु भएको मङ्गलबार यहाँको प्रहरीले बताएको छ ।

दुवै विस्फोट अफ्रिकी युनियनको मोगादिसु विमानस्थल नजिकै रहेको शिविर नजिकै भएका र घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको सोमालियाली प्रहरी प्रमुख मोहम्मद शेख हसनले एक पत्रकार सम्मेलनमा बताउनुभयो ।

घटनाको सोमालियाली अतिवादी विद्रोही अल सबाबले जिम्मेवारी लिएको सोही समूहद्वारा सञ्चालित अन्दालुज रेडियो स्टेसनले बताएको छ । रासस/एपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org