हिलारी क्लिटनद्धारा औपचारिक उम्मेदवारीको स्वीकार
संयुक्त राज्य अमेरिका १४ साउन । अमेरिकाको डेमोक्र्याटिक पार्टीले अगामी राष्ट्रपतिय निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई औपचारिक उम्मेदवार घोषणा गरेको छ ।
यस अघि उहाँलाई सो पार्टीले राष्ट्रपतिको उम्मेदबारको रुपमा मनोनयन मात्र गरेको थियो । औपचारिक उम्मेदवार घोषणालाई वर्तमान राष्ट्रपति बाराक ओबामाले पनि पूर्ण समर्थन जनाउनु भएको छ ।
उम्मेदवार हिलारी क्लिन्टनले पार्टीको औपचारीक घोषणालाई स्वीकार र स्वागत गर्दै आफू राष्ट्रपति पदमा निवार्चित भएमा अमेरिकामा थप रोजगारीका अवसर सिर्जना गर्न र सँगसँगै पारिश्रमिक दरमा बृद्धि गर्न पूरा प्रयास गर्नु नै आफ्नो प्रारम्भिक लक्ष रहने बताउनु भयो । साथै अमेरिकालाई स्थायी र दृढ नेतृत्व प्रदान गर्न आफूले कार्यभार सम्हालेको पहिलो दिनदेखि अन्तिम दिनसम्म सघर्ष गर्ने बताउनु भएको छ ।
अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनी नयाँ इतिहास रच्ने आकांक्षा पाल्नु भएकी हिलारीले अमेरिकाको विदेश मन्त्रीको नेतृत्व पनि सफलतापूर्वक निर्वाह गर्नु भएको थियो ।
फिलाडेल्फियामा सम्पन्न डेमोक्र्याटिक पार्टीको राष्ट्रिय भेलाको अन्तिम दिन उम्मेदबार क्लिन्टनले वर्तमान अन्तर्राष्ट्रिय परिवेशलाई अमेरिकी दृष्टिले निरुपणलाई गर्दै आफ्नो सम्बोधनको क्रममा ूबग्दाददेखि काबुलसम्म, निसदेखि पेरिस र ब्रुसेल्ससम्म, सान बर्नार्डिनोदेखि ओल्र्यान्डोसम्म बाटा भरी कांडैकाडा बिच्छ्याइएका समाचार पत्रपत्रिका हेर्ने सबैले दिनका दिन पढिरहेका छन् ।
धम्की र विचलनको त्रासवश ती सबैले अमेरिकालाई नै याचनाको आँखाले हेरिरहेका छन् । अमेरिकाले यस्ता सबै चुनौतिको सामना गर्दै शान्तिका लागि धर्मयुद्धमा होमिई ज्ञात शत्रु जतिलाई जित्नै पर्छू भन्नु भयो । रासस /सिन्ह्वा
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












