बन्दुक आक्रमणबाट तीनजनाको मृत्यु
मकिल्टियो (वासिङ्टन), १६ साउन । अमेरिकाको त्तरमा अवस्थित सिटल सहरको एक घरमा शनिबार बिहानै भएको बन्दुक आक्रमणमा तीनजनाको मृत्यु भएको छ भने बाँकी एकजना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीले बताएका छन् ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
मुकिल्टियो सहरको नगर कार्यालयले शनिबारै बिहान ट्विट गर्दै बन्दुक आक्रमणबाट तीनजनाको मृत्यु भएको र एक घाइते भएको खबरलाई सार्वजनिक गरेको छ । घाइते व्यक्तिलाई हार्वरभ्यू स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ ।
करिब १५–२० जना स्थानीय सेनाल्टमा भएको एक जमघटमा सहभागी भएका बेला अकस्मात आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको बताउँदै तत्कालै विस्तृत जानकारी दिन मानेको छैन ।
स्थानीय चर्चमा स्थापना गरिएको पुनर्मिलन केन्द्रमा आयोजित कार्यक्रममा स्थानीय अभिभावक तथा उनीहरुका आफन्तहरु भेला भएका बेला घटना भएको उक्त नगर कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बताएका छन् । –एपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












