विषाक्त ग्यासबाट सात व्यक्तिको मृत्यु
दमासकस , २१ साउन । उत्तरी सिरियाली सहर अलेप्पोका विद्रोहीले विषाक्त ग्यास प्रयोगगरी सात व्यक्ति हत्या गर्नुका साथै अन्य २० भन्दा बढी घाइते बनाएको रसियाली रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।
मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा विषालु ग्यासका पोका विस्फोट गराई अलेप्पो सहरको पूर्वी इलाकामा रहेको आवासिय क्षेत्रलाई लक्ष्यगरी विद्रोही हराकत नोउर अल दिन अल जेन्की समूहले आक्रमण गरेको जनाइएको छ । उक्त शहर विपक्षी दलले आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको थियो ।
सिरियामा नुस्रा फ्रन्ट, इस्लामिक स्टेट्स ९आइएस० र अन्य आतङ्कवादी समूहले युद्धबिरामको बारम्बार उल्लङ्घन गर्दै आएका छन् ।
विगत २४ घन्टाभित्र सिरियाको राजधानी दमासकसलगायत दक्षिणपश्चिम सिरिया र हामा प्रान्तमा यस विषालु ग्यासको प्रयोग गरी व्यापाक आक्रमण भइरहेको छ ।
यस अवधिमा कुनैपनि सिरियाली तथा रसियाली हवाई सेनाले आक्रमण गरेका छैनन् ।
अलेप्पो सहरले सरकारी सेना र स्वतन्त्रता प्रेमी विद्रोहीका बीच बहुपक्षीय चर्को आन्तरिक युद्ध बेहोर्दै आएको छ ।
सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । आन्दोलन गृहयुद्धमा परिणत भएपछि त्यहाँ विभिन्न आतङ्ककारी समूह अल कायद, आइएसको प्रभाव बढ्दै गयो ।
जारी यस युद्धमा परी सिरियामा सन् २०११ देखि हालसम्म २ लाख ८० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । त्यसैगरी यस युद्धमा परी लाखौं व्यक्ति घाइते भएका छन् । लाखौ आफ्नो देश छोडी विदेशमा शरणार्थी जीवन विताइरहेका छन् । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












