यस पटक सस्तो मेला बजार नलाग्ने
पेरिस, २३ साउन । उत्तरी फ्रान्सको लिले नगरमा हरेक बर्ष सेप्टेम्बर महिनाको पहिलो आइतबारका दिन लाग्दै आएको मेला र हाट बजार ९फ्ली मार्केट० आतङ्कवादी आक्रमणका भयले यस पटक नलाग्ने भएको छ ।
बाह्रऔं शताब्दीदेखि लिले नगरमा चल्दै आएको ला ब्रादरी डे लिले नामबाट परिचित यस बार्षिक मेला युरोपमा सबभन्दा ठूलो र अत्यन्त पुरानो मानिएकोले विश्व प्रसिद्ध थियो ।
यस मेलामा हाट बजार लागी अत्यन्त सस्तो मूल्यमा सरसामान पाइने हँुदा युरोप तथा विश्वभरीका दसौं लाख मानिसहरुका लागि आकर्षणको केन्द्र हुने गथ्र्यो ।
लिले महानगरका मेयर मार्टिन ओब्रिले एक पत्रकार सम्मेलन गरी यसपाली मेलाको आयोजना नगर्ने निर्णय गरिएको जानकारी दिनु भएको छ ।
मेयरको यस्तो निर्णय प्रति केही स्थानीय व्यापारीले आपत्ति र आक्रोश प्रकट गरेकामा ‘यस्तो निर्णय लिनु पर्दा मेरो छाति चसक्क दुखेको छ, तर के गर्नु हाम्रा सार्पसुटर कमाण्डो, दङ्गा प्रहरी, हवाइ सुरक्षा बललगायत उच्चतहका सुरक्षा अङ्गहरुले यसपटकको मेला आयोजना नगर्न सुझाव दिए’ मेयरले भन्नु भयो ।
फ्रान्स अझै आतङ्कवादी आक्रमणको भयवश संकटकालको स्थितिबाट मुक्त हुन सकेको छैन । गत महिना मात्र निस आक्रमणमा परी ८० भन्दा बढी निर्दोष जनताले ज्यान गुमाउनु परेको र यसको दुई हप्ता पछि नोम्र्यान्डीमा एकजना प्रख्यात पादरी पुरोहितको हत्या भयो । यी दुबै आतङ्कवादी आक्रमणहरुको दावी र जिम्मा इस्लामिक स्टेट९आइएसए० समूहले लिएको छ ।
गत शुक्रबार मात्र फ्रेन्च प्रहरीले एकजना अफगानिस्तानी शरणार्थीलाई तत्कालै कहीं आतङ्कबादी आक्रमण गर्ने योजना बनाएको आशङ्कामा पक्राउगरी नियन्त्रणमा लिएको फ्रान्सको स्थानीय सरकारी रेडियोले जनाएको छ । रासस /सिन्हवा
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












