समर जवमा वेटर बनिन अमेरिकी राष्ट्रपति ओबामाकी कान्छी छोरी शासा (फोटोफिचर)
काठमाडौं /साउन । शासा ओबामा, जसले आफ्ना १५ मध्ये आठ वर्ष ह्वाइट हाउसको सुविधासम्पन्न जीवन विताइन्, उनी यो गर्मी महिनामा अर्को जीवन कस्तो हुन्छ पढ्दैछिन्। त्यही अर्को जीवन जान्नका लागि अमेरिकी राष्ट्रपति बराक ओबामाकी कान्छि छोरी शासा अहिले मार्थाको भिनयार्डमा नान्सी सिफुड रेष्टुरेण्टमा काम गरिरहेकि छन्। उनले उही वर्षौं पुरानो प्रश्न सोध्छिन्, के यसमा फ्रेन्च फ्राइज थप्न चाहनुहुन्छ ? बोस्टन हेराल्डकाअनुसार शासा जसले न्यान्सी रेष्टुरेण्टमा नताशा नामबाट काम गरिरहेकी छन्।
क्यास रजिष्ट्रर गर्नेदेखि उनी टेवल सफा गर्ने तथा लञ्चका लागि रेष्टुरेण्ट खुल्नु अघिको सबै तयारीमा सहभागी हुन्छिन्। हामी सँधै अचम्म पर्दथ्यौं, छ जनाले ती युवतीलाई किन सहयोग गरिरहेका थिए, त्यसपछि अहिले बल्ल हामीले थाहा पायौं उनी को हुन्?, बिजी आइस्ल्याण्ड रेष्टुरेण्टका एक कर्मचारीले बताए। उनले रेष्टुरेण्टमा सर्भ गरिरहेकी छन्, अर्डर लिइरहेकी छन्, हामीले उनलाई यहाँ पाएपछि खुशी छौं, सम्भवत यो व्यापारका लागि पनि सुखद हुनेछ। हिजोदेखि साशाले काम गरिरहेकि छन्, र उनलाई बाहिर छ जना सेक्रेट सर्भिसका एजेण्टले निगरानी गरिहरेका छन्।
उनीहरु रेष्टुरेण्ट बाहिर एउटा ठूलो एसयुभि गाडिबाट शासालाई निगरानी गरिरहेका हुन्छन्। जब शासाको काम गर्ने सिफ्ट सकिन्छ, तब उनी साथीलाई लिएर आफूलाई सुरक्षा दिइरहेका सुरक्षाकर्मीलाई पेय पदार्थ सर्भ गर्छिन्। उनी कामको बेला न्यान्सीकै निलो टिसर्ट र बेसवल क्याप लगाएर काम गर्छिन्। न्यान्सी राष्ट्रपति परिवारका लागि रुचाइएको रेष्टुरेण्ट हो। हरेक वर्षको मार्था भिनयार्ड समर भ्याकेसनमा उनीहरु यहाँ समुन्द्रि खानाका लागि आउने गर्छन्। राष्ट्रपति ओबामा न्यान्सीका मालिक जोय मोउजाब्बरको साथी समेत हुन्। त्यही कारण शासाले समर जबका लागि यो ठाउँ छानेको बताइएको छ। ह्वाइट हाउसले भने यो विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
राष्ट्रपति र पत्नी मिसेल ओवामा आफ्ना छोरीहरुलाई राष्ट्रपतिका छोरीका रुपमा नभएर साधरण व्याक्तिका रुपमा हुर्काउन चाहन्छन्। त्यही कारण शासालाई साधरण युवती जसैगरी समर जवका लागि उनीहरुले पठाए। ओबामाकी कान्छि छोरीले बिहानीको चार घण्टाको सिफ्टमा काम गर्छिन्। ३५० सिट क्षमताको यो रेष्टुरेण्ट निक्कै व्यस्तमध्ये एक हो। उनी केही दिनदेखि हामीसँग छन्, टेकआउट विन्डोमा काम गर्ने एक युवतीले भन्नि, हाम्रा लागि यो अद्वितीय अनुभव हो। न्यान्सीका प्रवन्धकले पनि यो विषयमा विस्तृत कुराकानी गर्न अस्वीकार गरे। उनले भने समर जवका लागि आउने कामदारले प्रतिघण्टा १२ देखि १५ डलर पाउँछन्। १२ वर्षका टेलर इभान्सले शासासँग चिकेन, फ्राइज र स्प्राइट अर्डर गरेको बताए। उनले भने सायद उनी अझै पनि तालिममा हुनुपर्छ।
मैले मेरो अर्डर धेरै पटक उनलाई दोहोराउनुपर्यो। टेलरले शासासँग तस्वीरका लागि आग्रह समेत गरेका थिए। तर उनले आफू काममा भएको भन्दै नियमअनुसार तस्वीर खिच्न नमिल्ने जवाफ फर्काइन। शनिवार शासाको पुरै परिवार दुई साताको भिनयार्ड भ्याकेशनका लागि आएको छ। यसको मतलव अब उनको समर जवसम्वन्धी तालिम पनि सकिएको छ। शासाकी दिदि मालियाले पनि सन् २०१७ मा हाभार्ड विश्वविद्यालय ज्वाइन गर्नेछिन्। यो वर्षको अन्तिममा उनका पिता बाराकले ह्वाइट हाउस छाड्नेछन्।
शब्द तस्बिर एजेन्सी
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...

















