डढेलोले स्पेन र फ्रान्स प्रभावित
म्याड्रिड (स्पेन), २८ साउन । उत्तरपश्चिमी स्पेनको ग्यालिसिया इलाकाका करिब चार हजार हेक्टर जङ्गल क्षेत्र डढेलोमा परी स्वाहा भएको छ ।
तीब्ररूपले जताततै डढेलो फैलनुको ठोस कारण नखुले ता पनि यसलाई सो क्षेत्रका पदाधिकारीले ‘असामान्य घटना’ बताएका छन् ।
स्थानीय पत्रपत्रिकाका अनुसार २० ठाउँबाट आगो फैलिएको र कुनै कुनै ठाउँमा त गत सोमबारदेखि नै शुरु भएका थिए ।
आगलागीबाट बचाउन ४५ थरी जङ्गली जीवजन्तुलाई अन्यत्र सार्नु परेको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको तर, पोन्टेभेड्रा नगर नजिकै एउटा प्रहरी बाहन भने पूर्णरूपले ध्वस्त भएको जनाइएको छ ।
साथै, डढेलो नियन्त्रण गर्न प्रयासरत एउटा हेलिकोप्टर दुर्घटनाग्रस्त भई जमिनमा खसेको थियो । हेलिकोप्टरमा रहेका दुईजना अग्नी नियन्त्रक भने भाग्यवश सकुशल उम्केर भाग्न सफल भए ।
दावानलको कारण जोखिममा परेका निकटवर्ती थुप्रै गाउँमा सरकारले लेभल २ को सजगता सूचना जारी गरेको थियो ।
डढेलोसँग जुध्न स्थानीय सरकारी निकायले करिब चारसय अग्नी नियन्त्रक तथा ७० वटाभन्दा बढी हेलिकोप्टर र २० भन्दा बढी अन्य विमान परिचालन गरेको र सयौँको सङ्ख्यामा स्थानीय स्वयंसेवक पनि खटिएका छन् ।
सुक्खा मौसम र कडा हावाहुरीका कारण ती सबैका परिश्रम खेर गइरहेको र डढेलो यस सप्ताहान्तसम्मै नियन्त्रणमा आउने छाँट देखिएको छैन ।
डढेलो लाग्नुको ठोस कारण नखुलाइए तापनि स्थानीय आर्दो गाउँवासीले खिचेका भिडियो फिल्ममा अलग अलग पाँचस्थानबाट एक्कासी, एकै पटक आगोको लप्का फैलिएर आएको देखिँदा जङ्गलमा सुनियोजित डढेलो लगाइएको अनुमान गरिएको बताइएको छ ।
त्यसैगरी, दक्षिणी फ्रान्सका धेरै नगर बाहिर पनि डढेलो लागी करिब तीनहजार तीनसय हेक्टर जङ्गल क्षेत्र स्वाहा भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
फ्रान्सको दक्षिणी प्रान्त बोचे दु रोनेको रोग्न्याक इलाका र प्रान्तीय राजधानी तथा फ्रान्सकै दोस्रो विशाल महानगर मार्सेल्लीनजिक समेत गरी करिब दुईहजार पाँचसय हेक्टर जङ्गलक्षेत्रमा दावानल फैलिएको छ ।
यी क्षेत्रमा फैलिएको डढेलोको ज्वालामा परी तीनजना स्थानीय जनता र हेरोल जिल्लामा चारजना अग्नी नियन्त्रक सख्त घाइते भएका छन् ।
डढेलोसँग जुध्न स्थानीय सरकारी निकायले करिब एकहजार आठसय अग्नी नियन्त्रक तथा पाँच सय वटाभन्दा बढी बारुणयन्त्र र सात वटा अन्य विमान परिचालन गरेको छ ।
विगतका धेरै हप्तादेखि रहिरहेको अतिसय तापक्रमयुक्त सुक्खा मौसम र कडा हावाहुरीका कारण यहाँ पनि सबैका परिश्रम खेर गइरहेको भनी फ्रान्सका गृहमन्त्री बर्नार्ड काजेनोभेले समाचारदाताहरूलाई बताउनुभएको छ । –सिन्ह्वा
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












