फिलिपिन्समा शान्ति वार्ताको तयारी
क्वालालम्पुर, २९ साउन । फिलिपिन्सको सरकार र त्यहाँको एक विद्रोही समूह, मोरो स्लामिक लिबरेशन फन्टबीच शान्ति प्रक्रिया सुरु भएको छ ।
उक्त समूहबीच यसअघि भएको शान्ति सम्झौताको कार्यान्वयन शनिबारबाट हुने भएको बताइएको छ । शान्ति स्थापनाका लागि यसअघि सहमति भएको बताइएको थियो ।
मलेसियाको राजधानी क्वालालम्पुरमा भएको द्विपक्षीय सहमति बमोजिम शनिबारबाट शान्ति सम्झौता लागू हुने भएको हो ।
सो शान्ति सम्झौता करिब दुई वर्ष अघि भएको थियो । तर पनि यसको कार्यान्वयन हुन सकिरहेको थिएन ।
राष्ट्रपतिका शान्ति सम्बन्धी सल्लाहकार जियुज दुरेजाले शनिबार सो जानकारी दिनुभएको हो । उहाँले सो शान्ति सम्झौताको कार्यान्वयन गरी शान्ति वार्ता अघि बढाइने गरी भएको सहमति फिलिपिन्सका लागि एक प्रमुख उपलब्धि भएको जानकरी दिनुभयो ।
मलेसियाको सहयोग र समन्वयमा सन् २०१४ मा उक्त विद्रोही समूह र सरकारबीच शान्ति वार्ता भएको थियो ।
तर त्यसको कार्यान्वयनका लागि उक्त विद्रोही समूहबाटै अनाकानी भएको थियो । तर शनिबारबाट सो सहमति भएपछि भने शान्ति वार्ताको सफलताको अपेक्षा गरिएको छ ।
उक्त समूहका अध्यक्ष मुराद इब्राहिमले यसअघिको शान्ति सम्झौताको पालना गरेर अघि बढ्ने जानकारी दिए । उनले जनताको शान्तिको इच्छालाई मर्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












