कोरियामा ईपिएस प्रणाली खारेजीको माग गर्दै सडकमा ओर्लिए प्रवासी मजदुर
मधुसुदन ओझा/दक्षिण कोरिया ६ भदौ । आज प्रवासी मजदुर संगठन ‘एमटिय’ र कोरियन प्रजातान्त्रिक मजदुर माहासंघ ‘केसिटियु’ ले रोजगार अनुमति प्रणाली ‘ईपिएस’ले प्रवासी मजदुरको हकअधिकार हनन गरेकोले यो प्रणाली खारेज गरी कार्य अनुमति प्रणाली लागु गर्न माग गर्दै कोरियाको सउल लगायत अधिराज्यको बिभिन्न क्षेत्रबाट सरकारलाई दबाव दिएका छन् । जुलुसमा केसिटियुको उपाध्यक्ष ,अस्थाइ तथा असंगठित बिभाग प्रवासी मजदुर जिम्मेवार, बिभिन्न देशको प्रवासी संस्थाको प्रतिनिधि ,एक्यबद्धता जनाउने बिभिन्न कोरियन मजदुर सगठनको प्रतिनिधिहरु बिभिन्न देशको प्रवासी मजदुरहरु सहभागीता रहेको थियो ।
जुलुस सभालाई सम्बोधन गदै प्रवासी मजदुर संगठन ‘एमटियु’को अध्यक्ष उदय राईले कोरियन सरकारले लागु गरेको ईपिएस लगायत अन्य भेदभाबपूर्ण नीतिको कारण हामी प्रवासी मजदुरले भोगिरहेको पिडा सरकार र कोरियन जनतालाई सुनाई समस्या समाधानमा पहल गर्न दबाब दिन जम्मा भएको बताउनुभयो ।
कोरियन सरकारले प्रवासी मजदुरको निम्ति लागू गरेको नीतिनियमहरु उत्तम भएको भनि प्रचार गरिरहेको छ । कोरियन जनताको पनि आफ्नो देशमा प्रवासी मजदुरहरुले बिना समस्या मजदुरी जीवन बिताई रहेको छन भन्ने सोचाई छ । तर कोरियन सरकारले प्रचार गरेको र कोरियन जनताले सोचेको भन्दा प्रवासी मजदुरको मजदुरी गर्ने स्थिति ज्यादै नाजुक छ । यसको कारण प्रवासी मजदुरलाई स्वइच्छाले कम्पनी परिबर्तन गर्न नपाउनु र कम्पनीहरुलाई प्रवासी मजदुरको नियुक्ति सम्बन्धि सर्बै अधिकार हुनुको कारणले हो । प्रवासी मजदुरहरु समस्या के कारणले उत्पन्न भई रहेको छ त्यो पत्ता लगाई समाधानकोलागि एकजुट भई संघर्ष गर्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो ।
उहाँले कोरियाले पछिल्ला दिनमा आर्थिक उन्नति धेरै गरे पनि अर्थतन्त्रलाई माथि पुर्याउन अहम भुमिका निर्वाह गर्ने मजदुरका हक अधिकारको शोषण गरिराखेकोले आममजदुरका हकअधिकार माथि दमन गरे हामी मजदुर पनि त्यस्ता प्रवृत्तिको कडा रुपमा विरोध गर्ने भएको तयार रहन सरकारी पक्षलाई आह्वान गर्नुभयो ।
यसै गरि केसिटियुको उपाध्यक्ष किम ओक तुङले प्रवासी मजदुरको रुपरग कोरियनको भन्दा फरक भएको कारणले धैरै किसिमको भेदभाबहरु सरकारबाट भईरहेको छ भन्नूभयो । प्रवासी मजदुरहरु कोरियन मजदुर जस्तै समान मजदुर अधिकार भएको मजदुर हुन् । तर ईपिएस प्रणालीमा सबै उनीहरुको अधिकार खोसीएको र कम्पनी मालीको अधिकार मजबुद बनाईएको छ । केसीटियुले प्रवासी मजदुरहरुको आगमनसगै उनीहरुको हक अधिकारको निमित्त बिभिन्न संघर्ष गर्दै आइरहेको छ । औधोगिक प्रशिक्षण प्रणाली खारेज गर्नकोलागि गरिएको संघर्षमा केसिटियु लगायत प्रवासी मजदुरको निरन्तर लागेको थियो । आउने दिनहरुमा पनि केसिटियु प्रवासी मजदुरको समस्या समाधान गर्न , ईपिएस खारेज गरि डब्लुपिएस लागू गर्नकोलागि कोरियन सरकारलाई निरन्तर दबाब दिने छ । तर यसको लागि प्रवासी मजदुर स्वयम पनि एक जुट भई संघर्ष गर्न जरुरी रहेको उपाध्यक्ष तुङले बताउनुभयो ।
आजको प्रवासी मजदुर जुलुरमा बिभिन्न देशको प्रवासी मजदुरहरुले आफनो भनाइहरु राखेको थियो । त्यस्तै क्रममा कम्बोडियाको प्रवासी मजदुर साथै कम्बोडियन सम्पर्क समितिकी अध्यक्ष सुरेनाले कृषि क्षेत्रको मजदुरहरुको सेवा सुबिधामा भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, ईपिएस प्रणाली खारेज गर्नु पर्ने ,आवासको भाडा जथाभाबी लिने कृषकलाई कार्बाही गर्नु पर्ने माग राखेको थियो ।
फिलिपिन कासामाकोको सदस्यले प्रवासी मजदुरलाई एक पटक प्रयोग गरेर फयाकिने सामानको रुपमा ब्यबहार गर्न नहुने साथै उनीहरुलाई मानबिय ब्यबहार गर्नु पर्ने , अहिलेको प्रवासी मजदुरलाई दास बनाउने रोजगार अनुमति प्रणाली –९इपिएस ० चाडो भन्दा चाडो खारेज गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । बङ्गलादेशको मजदुर पलासले ई्पिएस प्रणालीमा के कस्ता नराम्रो कुराहरु छन भन्ने कुरा तपाइहामी सबै प्रवासी मजदुरलाई राम्ररी थाहा छ र्नै । यसको खारेजीकोलागि सबै प्रवासी मजदुरहरु एक जुट हौ भन्नु भयो । नेपालको प्रवासी मजदुरको तर्फबाट रोशन राईले’एमटियु ओसान शाखा’ले प्रवासी मजदुरहरुको ईपिएसमा धेरै अधिकार कटौति भएको छ । बिभिन्न समस्याहरु भोग्नु परिहेको छ ।
कम्पनीमा दिईने दबाबको कारण प्रवासी मजदुरहरुले मानसीक सन्तुलन गुमाउने, मानसिक तनाबबाट मुक्ति पाउनकोलागि आत्माहत्या समेत गर्ने गरेको छन् । आत्माहत्या गर्ने नेपाल लगायत बिभिन्न देशको प्रवासी मजदुरहरुको संख्या सानो छैन । ईपिएस प्रणाली खारेज भएमा हामी कोरिया आउन पाउदैनौ भन्ने सोचाई राख्ने नेपाली मजदुरहरु धेरै छन । तर यो गलत सोचाए हो । इपिएस खारेज भए पनि डब्लुसिएस मार्फत हामी कोरिया आउन पाउछौ तपाइहरु ढुक्क हुनु होला । कोरियन सरकारले ईपिएस खारेज गरि डब्लुपिएस लागु गर्नु ढिलाइ गर्नु नहुनेमा जोड दिनु भयो ।
जुलुस दिनको ३ बजेदेखि सउल फोसिन्गाकमा शुरु भएको थियो । पहिलो चरणको कार्यक्रम समाप्त भएपछि बिभिन्न मागको नारा लगाउदै छोङनो २ गा हुदै मार्च गर्दै सउल क्षेत्रिय श्रम कार्यलयमा पुगी दोश्रो चरणको कार्यक्रम गरि सभा समापन गरिएको थियो ।
तस्बिर मधुसुदन ओझा
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...













