इटालीको भूकम्पमा १५९ को मृत्यु, अझै कैयौँ पुरिए
अमात्रिस (इटाली), ९ भदौ । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १५९ पुगेको समाचारमा जनाइएको छ ।
सो भकम्पमा परी करिब ३६८ जना घाइते भएका छन् । उद्वारको काम जारी रहेको छ । उद्वारकर्मीहरुले अझै पनि कैयौं व्यक्ति पुरिएर रहेको जनाएका छन् ।
सो भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । तर क्षतिको पूर्ण विवरण आइसकेको छैन । क्षतिको सबै तथ्यांक आउन सकिरहेको छैन ।
एकाबिहानै ६.२ रिक्टरको भूकम्प गएको र यहाँ भागाभाग भएको बताइएको छ । उद्वारको कार्य जारी नै रहेकोले क्षतिको पूर्ण विवरण आइरहेको अधिकारीहरुले जनाएका छन् ।
इटालीको नागरिक प्रतिरक्षा विभागले दिएको जानकारीअनुसार भूकम्पको उद्वारमा खटिएका उद्वारकर्मीहरुले अझैपनि धेरै व्यक्ति भग्नावशेषमा पुरिएर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।
इटालीका दुर्गम गाउहरु उम्रिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पु¥याएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दू पनि सोही गाउमा नै रहेको बताइएको छ ।
इटालीमा सन् २००९ पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् २००९ मा यहाँ गएको भूकम्पमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो ।
हिजो दिनभरि र गएराति पनि उद्वारकर्मीहरुले कैयौं व्यक्तिलाई भग्नावशेषबाट जिवीतै उद्वार गरेका नागरिक प्रतिरक्षा विभागले जनाएको छ ।
यसको उद्वारका लागि ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । शक्तशाली भूकम्पपछिका पराकम्पहरुका कारण जनजिवन त्रसित भएको बताइएको छ । रासस÷एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












