पाकिस्तानी मदरसामा छापा, एक सय छ विद्यार्थी पक्राउ
क्वेटा (पाकिस्तान), १४ भदौ । पाकिस्तान प्रहरीले राज्यको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटा सहरमा सञ्चालित एक मदरसामा छापा मारी १०६ विद्यार्थीलाई पक्राउ गरेको सोमबार बताएको छ ।
प्रहरीले सरकारको अनाधिकृत रूपमा चलाएका धार्मिक विद्यालयलाई प्रशासनिक दायरामा ल्याउने अभियानस्वरूप उक्त मदरसामा अध्ययन गरिरहेका १४ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई शनिबार पक्राउ गरेको बताइएको छ । उनीहरू प्राय अफगानिस्तानबाट प्रशासनको अनुमति विना नै क्वेटा आई अध्ययन गरिरहेका बताइएको छ ।
पाकिस्तानले पछिल्लो समय अफगानिस्तानबाट विद्यार्थीका रूपमा सीमावर्ती क्षेत्रमा बसोबास गरी धार्मिक हिंसा भड्काउने गरेको आरोपमा मदरसामा अभियान नै चलाएर हिंसा नियन्त्रण गर्ने पहल सुरु गरेको छ ।
प्रहरीले मदरसा चलाउन प्रशासनबाट स्वीकृति लिएको कुनै कागजात दिन उक्त विद्यालयले नसकेपछि अनधिकृत रूपमा चलाएको आशङ्कामा विद्यालयलाई समेत बन्द गरिएको बताएको छ ।
बलुचिस्तानका गृह सचिव अकबर हरिफलले मदरसामा छापा मारी विद्यार्थीलाई छानबिनका लागि पक्राउ गरेको विषयलाई पुष्टि गर्नुभएको छ ।
पाकिस्तान सरकारले मुलुकभर अनधिकृत रूपमा सञ्चालनमा रहेका १३ हजार इस्लामिक धर्म पाठशालामाथि नजिकबाट हेरेको बताएको छ ।
सन् २०१४ को डिसेम्बरमा १५० जनाको ज्यान जानेगरी तालिवानी समूहद्वारा गरेको आक्रमणपछि पाकिस्तानले राष्ट्रिय कार्ययोजना बनाएरै मदरसाबाट सञ्चालन हुने गरेका आपराधिक गतिविधिमा नियन्त्रण ल्याउने अभियान सुरु गरेको छ ।
करिब १५ लाख वैधरूपमा र ठूलो सङ्ख्यामा अवैध रूपमा अफगानी नागरिक पाकिस्तानमा शरणार्थीको रूपमा बसोबास गर्दै आएका छन् । – एएफपी
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












