राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु
पोखरा, १७ भदौ । पोखराको लामाचौरमा आजदेखि तीज महोत्सव र राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा आजदेखि १९ गतेम्म हुने सो भलिबल प्रतियोगितामा ६ समूहको सहभागिता रहेको छ ।
प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल आर्मी क्लब, नेपाल प्रहरी क्लब, न्यू डायमन्ड एकेडेमी, पश्चिमान्चल टप्स मावि र मध्य–पश्चिमाञ्चल भलिबल समूहको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रथम हुने समूहले रु ७५ हजार १०१, द्वितीयले रु ५० हजार १०१ र तृतीयले रु ३० हजार १०१ नगदसहित सिल्ड, पदक र प्रमाणपत्र दिइने छ ।
यस्तै सोही अवसरमा अन्तरमावि छात्रा भलिबल प्रतियोगिता पनि आयोजना गरिने छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई क्रमशः रु २५ हजार १०१ र रु १५ हजार १०१ उपलब्ध गराउने समाजका पूर्व अध्यक्ष सञ्जय अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी सोही उपलक्षमा सीतेरियो कराँते प्रतियोगिता, तीज गीत, तीज गीत नृत्य र विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि सञ्चालन गरिने छ ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले तीज महोत्सवको आज यहाँ शुभारम्भ गर्दै वैदेशिक रोजगारीमा गएका दाजुभाइ अर्को वर्षदेखि घरपरिवारसँगै बसेर तीज मनाउने वातावरण बनोस भनेर शुभकामना दिनुभयो ।
उहाँले यस संस्थाले पोखराको विकासमा धेरै सामाजिक काम गरेको र युवालाई इमान्दार र नैतिकवान बनाउन पनि महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो ।
समाजका अध्यक्ष धर्ममान सिंह भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । रासस
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...












