नेपालमा ‘क्रिकेट विकास बोर्ड’ गठन गर्न आइसीसी सहमत
काठमाडौं १९ भदौ । लामो समयदेखि क्रिकेट सङ्घको विवाद समाधान गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) विघटन गरी नेपाल क्रिकेट विकास बोर्ड गठन गरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीसँग नेपाल भम्रणमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)का कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहित तीन सदस्यीय प्रतिनिधमण्डलको आज भएको छलफलपछि बोर्ड गठन गर्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले नेपालमा क्रिकेटको लोकप्रियता बढ्दो क्रममा रहेको र आइसिसीले क्यानमा प्रतिबन्ध लगाएका कारण क्रिकेट क्षेत्र समस्या परेकाले प्रतिबन्ध खोल्न आग्रह गर्नुभएको थियो ।
छलफलमा अहिलको कायम रहेको क्यान विघटन गरी छ सदस्यीय बोर्ड गठन गर्ने सहमति भएको भेटमा सहभागी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले जानकारी दिनुभयो । तत्काललाई बोर्डको सल्लाहकार सदस्यको नाम आज वा सोमबारसम्ममा टुङ्गो लाग्ने गरी काम अगाडि बढाइएको उहाँको भनाइ छ ।
तीन महिनाभित्र बोर्डले पूर्णता पाउने र पूर्ण सदस्यको चयन गरिने बताइएको छ । बोर्ड गठन भएलगत्तै आइसिसीले नेपाली क्रिकेटमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउने र दिँदै आएको आर्थिक लगायत अन्य सहयोग पुनः दिइने कार्यकारी निर्देशक रिचार्डसनले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...













