संसारकै पाका उमेरका अन्तर्राष्ट्रिय क्रिकेटरको निधन
जोहानेसबर्ग, २१ भदौ । विश्वकै सबैभन्दा बढी उमेरका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर लिन्ड्से टकेटको निधन भएको छ। उनी ९७ वर्षका थिए। टकेटले सन् १९४७ देखि १९४९ सम्म इङ्ल्यान्डविरूद्ध दक्षिण अफ्रिकाका लागि ९ टेष्ट खेलेका थिए। उनको सोमबार ब्लोमफोनटेनमा निधन भएको थियो।
उनको निधनपछि दक्षिण अफ्रिकाका पूर्व अलराउन्डर जानी वाटकिन्स सबैभन्दा बुढा क्रिकेटर बन्न पुगेका छन्। जानीको उमेर ९३ वर्ष छ। टकेटले दोस्रो विश्वयुद्वपछि दक्षिण अफ्रिकाको तीब्र बलरको मुख्य जिम्मेवारी निभाएका थिए।
उनले सन् १९४७ मा ट्रेन्टब्रिज टेस्टबाट क्रिकेटको सुरुवात गरेका थिए। आफ्नो डेब्यु टेष्टको पहिलो इनिङमै टकेटले ६८ रन खर्चेर ५ विकेट लिएका थिए। आफ्नो अन्तर्राष्ट्रिय करिअरमा उनले १९ विकेट लिएका छन्, जसमा ५ विकेट लिने कीर्तिमान २ पल्ट दोहोर्याएका थिए।एजेन्सी
Comments
अरु समाचार
-
अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश
काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी–२०२५ मा भारत उपाधि नजिक पुगेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित...
-
केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्र एफसीले जित्यो
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी...
-
केपी ओली कप: उपाधिका लागि आज मच्छिन्द्र र त्रिभुवन आर्मीको भिडन्त
काठमाण्डौ । तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन्...
-
आइसीसी च्याम्पियन्स ट्रफीको समूह विजेता बन्यो भारत
काठमाण्डौ । आइसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र...
-
च्याम्पियन्स ट्रफी : आज भारत र न्युजिल्यान्डको भिडन्त प्रतिस्पर्धा हुँदै
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। समूह ए अन्तर्गतको उक्त...
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ...
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा जारि फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ...
-
केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा
काठमाडौं । त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको...
-
आजदेखि केपी ओली कप, विश्वचर्चित फुटबलर जियानलुजी आउने
काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आज (आइतबार) देखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने...