इरानद्वारा दोस्रो आणविक विद्युत परियोजना निर्माण सुरु
तेहरान (इरान), २६ भदौ । इरानले शनिबार रसियाली सहयोगमा दोस्रो आणविक विद्युत् परियोजना निर्माण सुरु गरेको छ ।
इरानद्वारा विश्व शक्ति राष्ट्रको पहलमा भएको आणविक हतियार सम्झौतापछि सुरु गरिएको यो ठूलो आणविक परियोजना हो ।
णविक विद्युत् परियोजना निर्माणका लागि आठ अर्ब पाँच करोड अमेरिकी डलर लाग्ने बताइएको छ । परियोजनाबाट जम्मा एक हजार ५७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।
इरानको दक्षिणी बन्दरगाह सहर बुसेहरमा निर्माण हुने यो आणविक परियोजनाअन्तर्गत दुईवटा ‘पावर प्लान्ट’ निर्माण गरिनेछन् । उक्त ‘पावर प्लान्ट’ निर्माण आगामी १० वर्षभित्र पूरा गर्ने उद्देश्य रहेको बताइएको छ । परियोजनाअन्तर्गत दोस्रो प्लान्ट निर्माण सन् २०१८ पछि सुरु गरिनेछ ।
इरानमा यो बृहद् विद्युत् परियोजनाको निर्माण इरानले आणविक सम्झौताबाट पाएको सुविधाको परिणाम मानिएको, इरानी वरिष्ठ उपराष्ट्रपति इशाक जहानगिरीले उक्त परियोजनाको समुद्घाटन समारोहमा बताउनुभयो ।
उहाँले आगामी दिनमा यस्ता सामरिक महत्वका परियोजना निर्माणमा रसियासँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।
इरानले रसियासँग सहकार्य गर्दै यसअघि सन् २०११ मा पनि करिब एक हजार मेगावाट विद्युत् उत्पादन गरेको छ ।
इरानसँग कोइला तथा अन्य पेट्रोलियम पदार्थको प्रयो गरी ७५ हजार मेगावाट विद्युत् निर्माण निर्माण गर्न सक्ने क्षमता रहेको छ ।
इरानले आगामी १५ वर्षभित्र २० हजार मेगावाट विद्युत् आणविक शक्तिद्वारा निर्माण गर्ने लक्ष्य राखेको छ । – एपी
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












