अरबको माउन्ड अराफात भइन् सेती
माउन्ट अराफात (साउदी अरव), २६ भदौ । हरेक वर्ष हुने हज यात्राका लागि संसारभरबाट ठुलो सङ्ख्यामा आएका मुस्लिम तीर्थयात्री आइतवार ढुङ्गे पहाड ‘माउन्ड अराफत’ चढेका छन् ।
पश्चिम साउदी अरवको उक्त पहाडमा तीर्थयात्री प्रार्थना गर्दै र कविता सुनाउदै चढेका छन् । घाम उदाएदेखि नै झण्डै १८ लाख तीर्थयात्री सो पहाडमा जम्मा भएका थिए ।
समथर भू–भागको बीचमा रहेको माउन्ट अराफात मक्काबाट झण्डै १५ किलोमिटर टाढा पर्दछ ।
पलेटी मारेर बसेको जस्तो आकर्षण देखिने उक्त पहाडको चुचुरोमा उनीहरुले धार्मिक मन्त्र र प्रार्थना गर्दै चरणवद्ध तरिकाले चढेका छन् ।
पुरुष तीर्थ यात्री सबैले उस्तैगरी दुई वटा सेता कपडा लगाएकाले टाढाबाट हेर्दा सो पहाड हिउँको सेतो थुप्रोजस्तो देखिएको छ ।
त्यहाँको दृश्यलाई उनीहरुको सामाजिक अवस्था र राष्ट्रियतालाई गौण मानी शुद्ध धार्मिक एकतालाई उनीहरुले जोड दिइएको सङ्केतरुपमा लिन सकिन्छ ।
महिलाहरुले पनि विशेष प्रकारको खुल्ला र सेतो कपडा लगाएका छन् ।
“हामीले यो तीर्थयात्राबाट तनावमुक्त भई पूर्ण आनन्द महसूस गरिरहेका छौँ,” एक महिलाले भनिन् । ती महिलाकी मित्र २३ वर्षीय खदिजा बेचिरले पनि सबै कुरा साह्रै राम्रोसँग व्यवस्थापन गरिएको भन्दै आनन्द व्यक्त गरिन् ।
तीर्थयात्री विश्वका सबै कुनाकुनाबाट आएका छन् । तर प्रायःमुस्लिम समुदायका इन्डोनेसियाबाट आउनेको सङ्ख्या धेरै रहेको छ ।
पछिल्लो आधिकारीक विवरणअनुसार, हज यात्राका लागि संसारभरबाट आएका १८ लाख तीर्थ यात्रीमध्ये १३ लाख तीर्थयात्री राजधानी बाहिरका रहेका छन् ।
माउन्ट अराफात चढ्नको लागि त्यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको जनाइएको छ । रासस÷एएफपी
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...













