दाङका लागि एम्वुलेन्स ल्याउन कतारमा सांस्कृतिक कार्यक्रम
कतार । दाङ देउखुरी सेवा समाज दोहा कतारद्वारा दाङ जिल्लामा एम्बुलेन्स सन्चालनका लागि सहयोगार्थ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय कलाकारहरुको प्रस्तुति सहित मुस्लिम धर्मावलम्वीहरुको चाड बकर इदको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन भएको हो ।
संस्थाका अध्यक्ष सूर्य सुबेदीको सभापतित्व रहेको कार्यक्रममा समाज सेवी तथा व्यावसायी उत्तम गुरुङ प्रमुख अतिथि रहेका थिए ।
कतार नेपाली एकता समाजका सचिवालय सदस्य हेमन्त वाइवा, जनसम्पर्क समिति कतारका सदस्य घनश्याम न्यौपाने, समाजका प्रमुख सल्लाहकार लुमाकान्त पुन, वरिष्ठ सल्लाहकार गणेश प्रसाद बन्जाडे, व्यवसायी तथा समाजसेवी माया के.सी., दङाली व्यावसायी तथा समाज सेवी हरि डाँगी, नीमबहादुर भण्डारी, सिटी एक्सप्रेसका प्रतिनिधि उमाकान्त चौधरी, चितवन युवा समूहका उपाध्यक्ष समीर खत्री, युवा संयोजक सगुन राना, समाज सेवी सुभाष थापा, चितवन सेवा समाज कुबेतका अध्यक्ष नवीन लोप्चन विशेष अतिथि रहेका थिए ।
त्यसैगरी गोरखा सेवा समाजका अध्यक्ष सुदर्शन भट्ट, सुदुर पश्चिम सेवा समाज उपाध्यक्ष लीला अधिकारी, खस क्षेत्री सेवा समाजका सचिब रामजी खत्री, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, रोल्पा जलजला सेवा समाजका अध्यक्ष बसन्त थापा, नेपाल मगर संघका प्रथम उपाध्यक्ष शेरबहादुर रोका मगर, पर्बत युवा सेवा समाजका संरक्षक छबिलाल भट्टराई , धनकुटा सेवा समाजका सह–कोषाध्यक्ष कुमार सुवेदी, समाज सेवा अभीयान रुपन्देहीका सल्लाहकार हुमा पोख्रेल, बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष बलराम जैसी, प्युठान सेवा समाजका सचिबालय सदस्य वीरबहादुर पुन, नव प्रतिभा सांस्कृतिक समूहका प्रथम उपाध्यक्ष शुक्रबहादुर पुलामी मगर, बिश्वकर्मा सेवा समाजका सल्लाहकार कृष्ण बिश्वकर्मा, अर्घाखाँची सेवा समाजका सचिब टेकराज थापा, देवचुली कावासोतीका अध्यक्ष मोतीलाल पाण्डे, बाग्लुङ सेवा समाजका उपाध्यक्ष युबराज छन्त्याल, प्रवासी युवा समाजका सस्थापक छम परियार, मितेरी फिल्म सांस्कृति समूहका अध्यक्ष रितकुमार श्रेष्ठ, कार्यक्रम सहयोगी श्याम कुमार डागी, साझा नेटवर्क डटकमका प्रधान सम्पादक कुमार अविरल, राप्ती समाचार राष्ट्रिय दैनिकका पत्रकार दिप जङ शाह ठकुरी लगायत अतिथी रहेका थिए ।
कार्यक्रममा दङ्गाली तथा अन्य जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र वीर सहिदहरुको सम्झना एक मिनेट मौन धारण समेत गरिएको थियो ।
संस्थाका उपाध्यक्ष वसन्तराज पुरीले उपस्तिथि सबैलाई स्वागत गर्दै स्वागत मनत्व राखेका थिए ।
कार्यक्रममा जिल्लामा एम्वुलेन्स सहयोगार्थ कार्यक्रमका संयोजकले सो बारेमा जानकारी गराएका थिए । संस्थाका प्रमुख सल्लाहकार लुमाकान्त पुन मगरले एम्वुलेन्स योजनामा अलि ढिलो हुन गएका कारणहरु स्पष्ट पार्दै संस्थाले गरेको सहयोगको गतिविधि बारे जानकारी गराउदै दाङ लगायत अन्य जिल्लाहरुमा संस्थाले गरेको सहयोगको विवरण प्रस्तुत गरेका थिए ।
सोहि अवसरमा रोजगारीको शिलशिलामा कतारमा श्रम गरिरहेका दङ्गालीहरुलाई संस्थाको नयाँ साधारण सदस्यता तथा आजीवन सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रमा बोल्दै गोरखा सेवा समाजका अध्यक्ष सुदर्शन भट्ट, रोल्पा जलजला सेवा समाजका अध्यक्ष वसन्त थापा, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, कतार नेपाली एकता समाजका सचिबालय सदस्य हेमन्त वाइवा, मगर संघका शेर बहादुर रोका लगायतका वक्ताहरुले दाङ देउखुरी सेवा समाजले थालेको महान कार्यको प्रसंशा गरेका थिए ।
कार्यक्रममा चर्चित गायक रितकुमार श्रेष्ठले तिम्रै कल्पनामा बोलको गीत प्रस्तुत गरेका थिए । सन्चामाया तामाङ्गले नेपालकी छोरी भन्ने बोलको गीतमा नृत्य प्रस्तुत गरिन ।
गायक सुदीप पुन मगरले घुम्दै फिर्दै दाङ घोराही आएको बोलको गीत गाए, यु एन ग्रुप, नव प्रतिभा सांस्कृतिक समूह, दाङ देउखुरी साँस्कृतिक परिवार लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।
गायिका कमला गुरुङले सान्नानीले झुक्कायो मलाई बोलको गीत प्रस्तुत गरिन । गायिका शुष्मा पुनले हावा चल्यो सरर बोलको गीत गाइन । अन्जना तामाङ, दुर्गा बिसी, दामु न्यौपाने, संगीता बस्याल, अजय परियार, भगवती बस्याल, होम बिसी, रामबाबू बोहोरा, नवीन सुब्बा लगायका कलाकारको फरक फरक बेजोड प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा बोल्दै सभपति सुवेदीले कार्यक्रम भव्य एवम सभ्य रुपमा सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।
दाङ देउखुरी सेवा समाजले संचालन गरेको जिल्लामा एम्वुलेन्स सहयोगार्थ आर्थिक सङ्कलन अभियान अन्तिम रुपमा रहेको बताउदै कर्यक्रम समापन भएको घोषणा गरेका थिए ।
कार्यक्रमको सहजीकरण सस्थाका महासचिव लीलामणि लामिछाने र सांस्कृतिक बिभागका सदस्य राजन चापागाईंले गरेका थिए ।
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












