रङ्गशाला सरसफाइमा खेलकुदमन्त्री
काठमाडौँ, ३१ भदौ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा आज बिहान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको सरसफाइ भएको छ ।
नेकपा (माओवादी केन्द्र)का भातृ सङ्गठन अखिल (क्रान्तिकारी)ले आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रममा साधारण प्याराफिट तर्फ पलाएका सबै झार नष्ट गरियो । देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा झाडी उम्रिएर कुरुप भएकाले आफू सरसफाइमा लागेको क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले बताउनुभयो ।
उहाँले भन्नुभयो “भूकम्पपछिको पुनःनिर्माणका लागि साङ्केतिक रुपमा सन्देश दिन पनि हामीले सरसफाई गरेका हौं ।”
कार्यक्रममा मन्त्री श्रीपाइली आफैँ मेसिन चलाएर झार काट्नुभएको थियो भने उहाँले शौचालयसमेत सफा गरिएको बताइएको छ । सरसफाइले रङ्गशालाको पूरै स्वरुप फेरिएको बताइएको छ ।
करिब दुई वर्षयता रङ्गशाला पुनःनिर्माणको क्रममा छ । गत वर्षको वैशाख १२ गते गएको भूकम्पबाट रङ्गशालामा क्षति पुगेपछि अहिलेसम्म पुनःनिर्माण हुन सकेको छैन् ।
अखिल नेपाल खेलकुद महासङ्घले पनि सरसफाई कार्यक्रममा सहभागिता जनाएको थियो । रासस
Comments
अरु समाचार
-
नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने
काठमाडौं । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र...
-
सन्दीप लामिछानेले विश्वकप खेल्ने
काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजमा आयोजना हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका...
-
विश्वकप क्रिकेटः भारतद्वारा पाकिस्तान पराजित
काठमाडौं । भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।...
-
विश्वकप क्रिकेटः अष्ट्रेलियासँगको खेलमा इङ्ल्याण्ड ३६ रनले पराजित
काठमाडौं । अष्ट्रेलियाले आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ । बार्बाडसमा गए राति...
-
खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका...
-
टी–२० विश्वकपमा उपाधि दावेदर मानिएको टोली पाकिस्तान अमेरिकासँग पराजित
काठमाडौं । टि–२० विश्वकपमा उपाधि दावेदार टेस्ट टोली पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ । डालासस्थित ग्रान्ड पिएरे मैदानमा...
-
नेपाल युएईसँग पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध सहज जित हासिल गरेको...
-
टी–२० विश्वकप क्रिकेट: अष्ट्रेलियाद्वारा ओमान पराजित
काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई पराजित गरेको छ । अष्ट्रेलियाले...
-
विश्वकप क्रिकेटः भारतले आयरल्याण्डलाई सहजै हरायो
काठमाडौं । भारतले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए...