फेरि इरा र अर्नभ च्याम्पियन
काठमाडौं, १ असोज । नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ -याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को उपाधि शुक्रबार जितेका छन् ।
गत शुक्रबार सम्पन्न सोही प्रतियोगिताको सर्किट १ मा पनि इरा र अर्नभ आ–आफ्नो स्पर्धामा पहिलो भएका थिए ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्स सिंगल्स फाइनलमा इराले नेपालकै अभिलाषा विष्टलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरिन् ।
नेपालका प्रेरणा कोइराला तेश्रो र सलोनी तामाङ चौथो, भारतकी लक्षण्या विश्वनाथ पाँचौं तथा नेपालका अल्शा रेग्मी छैटौं, इशाश्री शाह सातौं, स्नेहा यादव आठौं, रायना शाह नवौं र प्रियंका चौधरी दसौं स्थानमा रहे ।
केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोगमा अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स उपाधि भिडन्तमा अर्नभले नेपालका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१ कै सीधा सेटमा हराए ।
नेपालका आदित सुवेदी तेश्रो र आर्यन गिरी चौथो, भारतका श्रीकान्त ठाकुर पाँचौं, नेपालका सहर्ष चन्द छैटौं, इभेक जोशी सातौं र ग्रिजेशमान श्रेष्ठ आठौं तथा भारतका शशिकान्त ठाकुर नवौं र एम्बिसयस गोल्डस्मिथ दसौं भए ।
यसअघि डबल्सको ब्वाइजमा भारतका अर्नभ पठाङ्गे र एम्बिसियस गोल्डस्मिथ तथा गल्र्समा नेपालकी प्रेरणा कोइराला र भारतकी लक्षण्या गोल्डस्मिथ पहिलो भएका थिए ।
सर्किट २ मा ब्वाइज र गल्र्समा समान १६–१६ खेलाडीले सिंगल्स÷डबल्स गरी चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । नेपाली लनटेनिसको इतिहासमै नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता भएको पहिलो पटक भएको हो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












