डुङ्गा दुर्घटनामा मृतकमध्ये २७ को शव भेटियो, दुई अझै बेपत्ता
थाइल्यान्ड, ४ असोज । थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएकामध्ये मङ्गलबारसम्ममा २७ जनाको शव भेटिएको छ ।
दुर्घटनामा परी हराइरहेका अरु दुई जना अझै नभेटिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीय थाई अधिकारीले भेटिएका शवमध्ये छ ओटा शव आठ वर्षका बालकको रहेको जनाएका छन् । शव घटनास्थलदेखि पाँच किलोमिटर टाढा भेटिएका हुन् ।
अझैसम्म नभेटिएका एक पुरुष र एक जना महिला रहेका छन् । भेटिएका शवमध्ये २० वटा पुरुषको र सात वटा महिलाको रहेको अस्पतालले जनाएको छ ।
डुङ्गामा सवार १५० जनामध्ये ५० जनाभन्दा बढी घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । हराइरहेकाहरुको अहिले पनि खोजीकार्य जारी रहेको सुरक्षा अधिकारीले जनाएका छन् ।
दुर्घटनापछि तत्काल नदीमा डोरी फालिएको र त्यही डोरीको सहयोगमा केही घाइते नदी बाहिर आएका थिए । पानीमा डुबी बेहोस भएका केही मानिसलाई समेत स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।
विपरित दिशाबाट आएको अर्को डुङ्गासँग ठोक्किनबाट जोगाउने प्रयास गर्दा डुङ्गा पुलको पिलरमा ठक्कर खाएपछि भएको सो दुर्घटनामा मृत्युहुने सबै थाई नागरिक रहेका बताइएको छ । रासस/सिन्ह्वा/एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...













