बेइजिङमा राष्ट्रिय दिवस मनाइयो
बेइजिङ, ५ असोज । बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा मङ्गलबार नेपालको राष्ट्रिय दिवस मनाइयो ।
कार्यक्रमको उद्घाटन कार्यवाहक राजदूत हरिशचन्द्र घिमिरेले दीप प्रज्वलन गरी गर्नुभएको थियो । चिनियाँ विदेश मन्त्रालयका सहायक मन्त्री कोङ सुआनयुनको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, चीनका लागि नेपालका पूर्व राजदूत, सार्क राष्ट्रका प्रतिनिधि, आसियान तथा राष्ट्र सङ्घका प्रतिनिधि, चीनमा अध्ययनरत विद्यार्थी तथा चीनमा रहेका नेपालीहरुको उपस्थिति थियो ।
कार्यक्रममा कार्यवाहक राजदुत घिमिरेले सन् १९६३ मा दुई मुलुकबीच दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको वाणिज्य, शिक्षा, मानव संसाधन विकासका साथै विभिन्न परियोजना निर्माणमा पूर्णरुपले सहयोग गर्दै आएको स्मरण गर्दै त्यसको उच्च मूल्याङ्कन गर्नुभयो ।
नेपाल–चीनको मैत्री सम्बन्ध बुद्घ, अरनिको जस्ता ऐतिहासिक पुरुषको योगदानमा आधारित रहेको बताउँदै उहाँले भन्नुभयो, “चीन नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्ने असल छिमेकी मुलुक हो ।” नेपाल सदा चीनको एक चीननीतिको समर्थनमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
गत वर्ष असोज ३ गते संविधान घोषणा भएको दिनलाई संविधान दिवसका रुपमा मनाउने नेपाल सरकारको निर्णयअनुसार असोज ३ लाई संविधान दिवसका रुपमा मनाउन थालिएको हो । नेपालमा भने असोज ३ लाई संविधान दिवसका रुपमा मनाइए पनि देशबाहिर भने सेप्टेम्बर २० लाई राष्ट्रिय दिवसका रुपमा मनाउने नेपाल सरकारले निर्णय गरेको कार्यवाहक राजदूत घिमिरेले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












