उपत्यकाव्यापी अन्तर कलेज फुटसल प्रतियोगिता सुरु
रोशन यक्सो लिम्बू/काठमाडौं, ५ असोज । ‘शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा युवाहरुको विकास, संविधान कार्यान्वयन र समृद्ध राष्ट्र निर्माण नै देशको निकाश’ भन्ने मुल नाराका साथ उपत्यकाव्यापी अन्तर कलेज फुटसल प्रतियोगिता सुरु भएको छ ।
अखिल ‘क्रान्तिकारी’ काठमाडौं क्याम्पस जिल्ला समितिले आयोजना गरेको प्रतियोगिताको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रबहादुर कार्कीले उद्घाटन गर्नुभएको थियो ।
उक्त अवसरमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले विद्यार्थीहरु सधै विद्रोही स्वभावको हुनुपर्ने बताउनुभयो । विद्यार्थीहरुले सधै खबरदारी गरे मात्रै प्रजातन्त्र दिगो हुने भन्दै मन्त्री कार्कीले सरकारमा रहेको व्यक्तिहरुलाई सधै खबरदारी गर्न आग्रह समेत गर्नुभयो ।
विद्यार्थी आन्दोलनले क्रान्तिकारी र विद्रोही धार बिर्सेको गुनासो गर्दै सरकारको गलत काममा खबरदारी गर्न र राम्रो काममा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
संविधान जारी भएको एक बर्ष पूरा भएको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको अखिल ‘क्रान्तिकारी’ क्याम्पस जिल्ला समितीका सचिव मदन संयोज लिम्बुले जानकारी दिनुभयो ।
प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका गरी ३४ क्याम्पसले सहभागिता जनाएका छन् । प्रतियोगिता अशोज ५ देखी असोज १० सम्म सञ्चालन हुनेछ । कार्यक्रममा अतिथिको रुपमा अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष अनिल शर्मा, रन्जित तामाङ,रामचन्द्र अधिकारी, सुरेन्द्र बस्नेत र पञ्चा सिंहको उपस्थिती रहेको थियो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...













