उपत्यकाव्यापी अन्तर कलेज फुटसल प्रतियोगिता सुरु
रोशन यक्सो लिम्बू/काठमाडौं, ५ असोज । ‘शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा युवाहरुको विकास, संविधान कार्यान्वयन र समृद्ध राष्ट्र निर्माण नै देशको निकाश’ भन्ने मुल नाराका साथ उपत्यकाव्यापी अन्तर कलेज फुटसल प्रतियोगिता सुरु भएको छ ।
अखिल ‘क्रान्तिकारी’ काठमाडौं क्याम्पस जिल्ला समितिले आयोजना गरेको प्रतियोगिताको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रबहादुर कार्कीले उद्घाटन गर्नुभएको थियो ।
उक्त अवसरमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले विद्यार्थीहरु सधै विद्रोही स्वभावको हुनुपर्ने बताउनुभयो । विद्यार्थीहरुले सधै खबरदारी गरे मात्रै प्रजातन्त्र दिगो हुने भन्दै मन्त्री कार्कीले सरकारमा रहेको व्यक्तिहरुलाई सधै खबरदारी गर्न आग्रह समेत गर्नुभयो ।
विद्यार्थी आन्दोलनले क्रान्तिकारी र विद्रोही धार बिर्सेको गुनासो गर्दै सरकारको गलत काममा खबरदारी गर्न र राम्रो काममा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
संविधान जारी भएको एक बर्ष पूरा भएको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको अखिल ‘क्रान्तिकारी’ क्याम्पस जिल्ला समितीका सचिव मदन संयोज लिम्बुले जानकारी दिनुभयो ।
प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका गरी ३४ क्याम्पसले सहभागिता जनाएका छन् । प्रतियोगिता अशोज ५ देखी असोज १० सम्म सञ्चालन हुनेछ । कार्यक्रममा अतिथिको रुपमा अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष अनिल शर्मा, रन्जित तामाङ,रामचन्द्र अधिकारी, सुरेन्द्र बस्नेत र पञ्चा सिंहको उपस्थिती रहेको थियो ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...













