गर्भवती महिलामा ‘जिका भाइरस’ फेला प¥यो
मनिला, १० असोज । फिलिपिन्समा एक गर्भवती महिला ‘जिका भाइरस’बाट प्रभावित भएको सोमबार जनाइएको छ ।
यस प्रकार गर्भवती महिला जिका भाइरसबाट प्रभावित भएको फिलिपिन्समा पहिलो पटक देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
गर्भवती महिला जिका भाइरसबाट प्रभावित हुनु गर्भस्थ शिशुलाई खतरा पुग्नु मानिन्छ ।
यसै क्रममा फिलिपिन्सका जनस्वास्थ अधिकारीले एउटा जरुरी सूचना जारी गरी सबै गर्भवती महिला तथा सर्वसाधारण जनतालाई लामखट्टेबाट जोगिन सचेत गराएका छन् ।
यस महिना फिलिपिन्सभरी एउटी गर्भवती महिलासहित १२ जना व्यक्ति जिका भाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य सचिव पाउलीनले युबाएलले जानकारी दिनुभएको छ ।
सेबु प्रांन्तको केिन्द्रय द्विप क्षेत्रमा बसोवास गर्दै आएकी २२ वर्षीया ती गर्भवती महिलाको १९ हप्ताको गर्भ रहेको र गर्भस्थ बालक उनको पहिलो सन्तान भएको बताइएको छ ।
बच्चा जन्म नभएसम्म ती गर्भवती महिलालाई नियमित स्वास्थ परीक्षण र जिका भाइरस निगरानीमा राखिने पनि स्वास्थ्य विभागले जानकारी दिएको छ ।
जिका भाइरसबाट प्रभावित गर्भवती महिलालाई ‘माइक्रोसेफाली’ भन्ने रोग लाग्ने हुँदा उनीबाट मस्तिष्क र टाउको असाधारण रुपले सुकेको शिशु जन्मने गरेको पाइएको छ ।
फिलिपिन्समा यस महिनामा जिका भाइरसबाट प्रभावित १२ व्यक्ति मध्ये ९ देखि ५५ वर्षसम्म उमेरका आठजना महिला रहेका जनाइएको छ । रासस/एएफपी
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...












