सिटिसी मोबाइलबजार,सूचनाप्रविधीको नयाँआधार
काठमाडौं, १४ असोज । राजधानीको सुन्धारास्थित सिटिसीमलमा जारी सामसुङ ग्यालेक्सी जेटु ६ मोबाइल एक्सोमा हरेक दिन एक्स्पो अफर सुरु भएको छ ।
असोज ७ गतेबाट जारी एक्स्पोमा प्रबेश सँगै मोबाइल एशोसरिज पाइने ब्यबस्था गरिएको छ । यसैगरि सामसुङ ग्यालेक्सी जेटु ६ को खरिदमा १ सय देखि १ हजार रुपैयाँसम्म रिचार्जकार्ड पाइने ब्यबस्था गरिएको छ ।
मोबाइल खरिदसँगै लक्की ड्र मा समाबेश गर्न पाइनुका साथै क्यासब्याक अफर समेत राखिएको छ । एक्स्पोको प्रबेश सँगै लक्की ड्रमा भाग लिन पाउने र बिजेताहरुलाई स्मार्टफोन प्रदान गरिने छ । यसैगरि एक्स्पोमा मोबाइल खरिद गर्ने मध्यबाट लक्की ड्रमार्फत १ जनालाई मोटरसाइकल, टेलिभिजन, रेफ्रिजेरेटर लगायत दर्जनौं उपहार प्रदान गरिने सिटिसी मोबाइल बजारका कोषाध्यक्ष मनोज सायमीले जानकारी दिनुभयो ।
असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा १ लाख अबलोकनकर्ता आइसकेको बताउँदै सिटिसी मोबाइल बजारका अध्यक्ष संदिपमान श्रेष्ठले एक्स्पेमा आउने अवलोकन कर्ताहरुलाई मनोरञ्जन दिनका लागि बिभिन्न मोबाइल कम्पनीका टिसर्ट लगाएका कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिईरहेको बताउनुभयो । त्यसका अलावा बिभिन्न खेलका माध्यमबाट पनि अवलोकन कर्ताहरुलाई अतिरिक्त मनोरञ्जन दिइरहेको छ ।
सिने द सेफ सिनेमा हल, नेचुरल स्पा, जिम हल, किड जोन, रेष्टुरेन्ट लगायतका सुबिधासहितको सिटिसी मलमा आयोजना गरिएको मोबाइल एक्स्पोले मललाई मोबाइल हबका रुपमा स्थापित गराउने दाबी आयोजकको छ ।
एक्स्पोको मुख्य प्रायोजन सामसङ मोबाइलले गरेको छ । सिटिसी मोबाइल बजारले आयोजना गरेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर(भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा सञ्चालन भैरहेको छ ।
मोबाइल एक्स्पोको पावर्ड बाइमाकलर्स र जियोनीमोबाइल रहेका छन् । यसैगरि मुख्यप्रायोजनमामाइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमावनप्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् ।
धेरै भन्दा धेरै मोबाइलकम्पनीहरुको साथपाएको मोबाइलएक्स्पोको प्रायोजकमा सेल्कनमोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ ।
एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।
८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिरहेको एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् ।
बजारले दिने सुबिधा बाहेक बजारमा रहेका हरेक पसलले आफ्नो तर्फबाट पनि बिशेष छुट प्रदान गरिरहेका छन् ।
थप फोटो हेर्नुहोस् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
















