रेडबुल राष्ट्रिय फुटसल लिग, हाइवे र रजनी फुटसलको जित
काठमाडौं, १५ असोज । नेपाली फुटसल इतिहासमै सर्वाधिक पुरस्कार राशिको रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा हाइवे फुटसल र रजनी फुटसलले विजय हासिल गरेका छन् ।
सामाखुसी फुटसलमा भएको पहिलो खेलमा होम टिम सामाखुसीलाई हाइवे फुटसलले अत्यन्त प्रतिस्पर्धात्मक खेलमा ६–७ गोल अन्तरले पराजित गरेको छ ।
अवे मैदानमा हाइवेलाई जिताउन विकास लामाले ह्याट्रिक गरे भने अमित तामाङ र बसन्त गुरुङले दुई/दुई गोल गरे ।
सामाखुसी फुटसलका नविन लामा र सन्तोष तामाङ दुवैले ह्याट्रिक गरे पनि आफ्नो टोलीलाई विजयी बनाउन सकेनन् । यस खेलको म्यान अफ द म्याच सामाखुसी फुटसलका नविन लामा चुनिए ।
चौर रिक्रियसन सेन्टरमा भएको दोस्रो खेलमा रजनी फुटसलले होम टिम चौर रिक्रियसनमाथि ५–१ गोल अन्तरको फराकिलो जित हात पा-यो ।
रजनी फुटसललाई जिताउन सुशान केसीले ह्याट्रिक गरे भने विभोर गुरुङ र अविन थापाले एक/एक गोल गरे ।
एकतर्फी खेलमा चौरका रमेश गुरुङले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ द म्याचको उपाधि रजनी फुटसलका रुशान केसी घोषित भए ।
होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ ।
लिगमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्नेछन् ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












