ताजा समाचार

खेलकुदका लागि चाहिने संरचना बनाउन सघाउँछु : साउद

14100807np-saud

भीमदत्तनगर, १६ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री नारायणप्रकाश साउदले खेलकुदका लागि आवश्यक संरचना निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आजदेखि कञ्चनपुरको झलारीपिपलाडी–८ फूलेलीमा सुरु भएको दोस्रो जिल्लास्तरीय कराँते प्रतियोगिताको उद्घाटन गर्र्दै नेता साउदले खेलकुदका लागि चाहिने संरचना निर्माणका लागि सांसद विकास कोषमार्फत रकम उपलब्ध गराउने आश्वासन दिनुभयो ।

उहाँले सङ्घीय संरचनामा अहिले बनेका नगरपालिकाको स्वरुप यथावत रहने बताउनुभयो ।

‘नगरपालिका बनिसकेको अवस्थामा गाउँपालिकामा झर्नुपर्छ कि भन्ने जनतामा डर थियो,’ उहाँले भन्नुभयो–“दलबीच संरचना नटु्क्र्याउने विषयमा सहमति भइसकेको छ ।” रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org