बहिर्गमन औपचारिक प्रक्रिया अर्को वर्ष
बिर्मिङ्गहाम (संयुक्त अधिराज्य), १७ असोज । बेलायतका प्रधानमन्त्री टेरेसा मेले बेलायत युरोपियन युनियन (ईयू)बाट बहिर्गमनको औपचारिक प्रक्रिया अर्को बर्षको अप्रिलपछि मात्र सुरु हुने बताउनु भएको छ ।
बेलायतका महारानी गर्नु हुने आगामी सम्बोधनको बेलामा बेलायत युरोपियन युनियनभित्र रहेको कानुनलाई उल्टाइने नयाँ विधयेक ल्याइने मेले बताउनुभएको छ ।
कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनको क्रममा आइतबार मेले सो कुरा प्रष्ट पार्नु भएको हो ।
बेलायत युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा गत जुन २३ मा जनमत संग्रह भएको थियो । सो जनमत संग्रहले युरोपेली सङ्घछोड्ने जनादेश दियो र औपचारिक रुपमा बेलायतले बाहिरिने घोषणा पनि ग¥यो । तर यसको औपचारिक प्रक्रिया भने सुरु भएको थिएन ।
यो जनमतसँगै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो रायको विपक्षमा भएको मतदानको कारण आफनो पदबाट राजीनामा दिने घोषणा गर्नु भएको थियो ।
उहाँल आफ्नो पदबाट तीन महिनाभित्र राजीनामा दिने घोषणा गरेको भए पनि महिनादिन मात्र पनि पदमा बस्न सहज ठान्नुभएन र निस्किनु भएको थियो ।
यसपछि कन्जरभेटिभ पार्टीका नेत्री टेरेसा मेले बेलायतमा दोस्रो महिला प्रधानमन्त्री कार्यभार सम्हाल्नुभएको थियो र उहाँको कार्यारम्भ चुनौतीबाट सुरु भएको थियो ।
बेलायतका ५२ प्रतिशत नागरिकले बेलायतलाई युरोपियन युनियनबाट निस्किने जनमत दिएपछि ४८ प्रतिशतले युरोपियन युनियनमा बसिरहने निर्णय गरेका थिए । –एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












