मेस्सी बिना मैदानमा उत्रिएको बार्सिलोनाको लगातार हार
काठमाडौं १७ असोज । मेसी बिना खेलेको बार्सिलोना स्पेनिस ला लिगामा फेरि पराजित भएको छ। साविक विजेता बार्सिलोना लिग अन्तर्गत आइतबार राति भएको खेलमा सेल्टा डी भिगोसँग ४–३ ले पराजित भएको छ। लिगमा बार्सिलोनाको सिजनको यो दोस्रो हार हो। सेल्टाको मैदानमा पराजित भएको बार्सिलोनाले यो सँगै शीर्ष स्थानमा पुग्ने मौका गुमायो।
सेल्टाले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो। २२ औं मिनेटमा पिओने सिस्टो, ३१ औं मिनेटमा लागो एस्पासले गोल गर्दै सेल्टालाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि बार्सिलोनाका जेरेमी म्याथ्युले आत्मघाती गोल गरे।
दोस्रो हाफमा बार्सिलोनाले खेलमा फर्किने प्रयास गर्यो । मेसी बिना खेलेको बार्सिलोनाका लागि ५८ औं मिनेटमा जेराड पिके तथा ६४ औं मिनेटमा नेइमारले गोल गरेर खेल ३–२ को अवस्थामा ल्याए। तर ७७ औं मिनेटमा सेल्टाका लागि हर्नान्डेजले चौथो गोल गरे।
खेल सकिन तीन मिनेट हुँदा बार्सिलोनाका लागि पिकेले व्यक्तिगत दोस्रो गोल गरेपनि हारबाट जोगाउन भने सकेनन्। हारपछि सात खेलबाट १३ अंक भएको बार्सिलोना चौथो स्थानमा झरेको छ। यो खेलमा म्याथ्युले गरेको आत्मघाती गोल बार्सिलोनका लागि हारको कारण बन्यो।एजेन्सी
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...













