कोलम्बियाको शान्ति सम्झौता अस्वीकृत
काठमाडौं/कोलम्बियाको जनमतसंग्रहमा सरकार र फार्कबिच भएको एउटा महत्वपूर्ण शान्ति सम्झौता आश्चर्यजनक रुपमा झिनो मत अन्तरले अस्वीकृत भएको छ।
झण्डै चार वर्षको वार्तापछि राष्ट्रपति ख्वाँ म्यानुएल सान्टोस र फार्क नेता टिमोचेन्कोले अघिल्लो हप्ता उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए।
तर कार्यान्वयनमा आउनका लागि उक्त सम्झौता कोलम्बियाका जनताबाट अनुमोदित हुनुपर्ने प्रावधान राखिएको थियो।
५२ वर्षको गृहयुद्धपछि फार्क विद्रोहीहरुले हतियार बिसाउँदै राजनीतिक प्रकियामा आउन सहमति जनाएका थिए।
अस्वीकार
मतपरिणाम पश्चात बोल्दै कोलम्बियाका राष्ट्रपतिले विद्रोहीसंगको युद्धविराम जारी रहने बताएका छन् भने विद्रोही नेताले पनि आफु शान्तिकै पक्षमा रहेको बताएका छन्।
राष्ट्रपति सान्टोसले अढाइ लाखभन्दा बढी मानिसको ज्यान लिएको युद्ध अन्त्य गर्ने कुनै दोस्रो विकल्प नभएको यसअघि बताएका थिए।
९९ प्रतिशतभन्दा बढी मतदान केन्द्रको मतपत्र गणना सकिदाँ, ५०.२ प्रतिशतले उक्त सम्झौताको विपक्षमा मत हालेका छन् र ४९.८ प्रतिशतले चाँहि समर्थनमा मत दिएका छन्।
झण्डै एक करोड ३० मतमध्ये जम्मा ६३ हजारभन्दा कमको मत अन्तरसहित यस्तो परिणाम आएको हो।
आश्चर्यजनक परिणामसँगै कोलम्बियाको शान्ति प्रकियामा अनिश्चितता देखा परेको छ।
सन् २०१० मा राष्ट्रपति चुनिएपछि ख्वाँ म्यानुएल सान्टोसले ८० लाख मानिस विस्थापित गरेको गृहयुद्ध अन्त्य गर्न व्यक्त गरेको प्रतिवद्धतामाथि पनि पछिल्लो परिणामले ठूलो झड्का दिएको छ।
अघिल्लो हप्तामात्रै राष्ट्रपति सान्टोस विश्व नेताहरु र फार्कका कमान्डरहरुसँग ल्याटिन अमेरिकाको सबैभन्दा लामो गृहयुद्ध अन्त्य भएको घोषणा समारोहमा रमाइरहेका थिए।
विद्रोहीहरुले हतियार बिसाएर ६ महिनाभित्र राजनीतिक पार्टिको रुपमा रुपान्तरण हुने योजना बनाएका थिए।
बीबीसीका अमेरिका क्षेत्रका सम्पादक लियोनार्दो रोचा भन्छन्, अहिले राष्ट्रपति सान्टोसले कोलम्बियाको पछिल्लो ऐतिहासिक कालखण्डकै कठिन चुनौती सामना गरिरहेका छन्।
यदि दोस्रो विकल्प छैन भन्ने पुरानै अडानमा उनी कायम रहे, दुई पक्षीय युद्धविराम अन्त्य हुनेछ र फेरि युद्धकै अवस्था सुरु हुनेछ।
पूर्व राष्ट्रपति तथा विपक्षी नेता अलभारो उरिबेले उक्त शान्ति सम्झौताको विरोध गर्दै सरकारले फार्कलाई एकदम बढि छुट दिएको बताएका थिए।
उनले शान्ति सम्झौताको विपक्षमा मत व्यक्त भए, सरकारले फार्कसँग फेरि वार्तामा बस्नुपर्ने धारणा पनि राखेका थिए। BBC Nepali
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...













