चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कारको घोषणा
स्टकहोम, १८ असोज । चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा सँगसँगै सोमबार विज्ञान, शान्ति, साहित्यजस्ता अन्य बिधाका लागि पनि यस वर्षको नोबेल पुरस्कार विजेताको नाम घोषणा सत्र सुरु भएको छ ।
आगामी दश दिन भित्रसम्म यस घोषणा सत्र समापन भई सक्ने पनि पुरस्कार निर्णायक समिति (ज्युरी) ले जनाएको छ ।
यस वर्षको चिकित्सा शास्त्रतर्फको पुरस्कार जापानका वैज्ञानिक योशिनोरी ओशुमिलाई प्रदान गरिने घोषणा गरिएको छ ।
मानव शरीरका कोष (सेल) हरू एकले अर्कोलाई आहारा बनाउँदै आफ्नो कोष आफैँ खान्छन् ।
यस प्रकारको स्वचालित प्रक्रियालाई “अटोफेगी” भनिने र यस प्रक्रिया सञ्चालित हँुदा बीचमा कुनै गडबडी वा अवरोध उत्पन्न भएमा मानव शरीरमा पार्किन्सन्स र मधुमेह जस्ता रोग लाग्न सक्छ भन्ने जापानी वैज्ञानिक योशिनोरीको अनुसन्धान कार्यलाई निर्णायक समितिले सर्वाेत्कृष्ट ठह-याई भौतिक शास्त्र तथा चिकित्सातर्फको पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।
स्विडेनको सार्वजनिक रेडियो एसआरले जनाए अनुसार भौतिक शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार सम्भवतः तीनजना अमेरिकी बैज्ञानिकहरू : ग्रेग सेमेन्जा, विलियम काएलिन र पिटर राट्क्लीफलाई संयुक्त रूपमा प्रदान गरिने बलिष्ठ अड्कलबाजी गरिएको छ ।
उहाँहरूको संयुक्त अनुसन्धानले मानवजाति तथा जनावरहरूको शारीरिक कोषले शरीरलाई अक्सिजनको मात्रा पर्याप्त नभएको वा कम भएको भन्ने थाहा पाउने वा चेतना जगाउने ‘हिपोक्सिया’ प्रक्रियामा सक्रिय रूपले भाग लिन्छन् भन्ने तथ्य पत्ता लगाएको थियो ।
शारीरिक कोषहरूले यसरी सक्रिय रूपले भाग लिने प्रक्रियालाई ‘मोलिक्युलर मेकानिजम्’ भन्ने नाम दिइएको छ । – एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












